यसपछि योगा-व्यायम गर्न थालेकी केकी २ महिनामै आफू ५ केजी घटेको बताउँछिन् । उनको यो तयारी शरीर मेन्टेनका लागि मात्र नभएर चलचित्र ‘ऐश्वर्या’को लागि पनि हो । दिवाकर भट्टराइको निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई रमेश उप्रेतीले निर्माण गर्दैछिन् ।
केकी आफूले चिल्लो खान छाडेको बताउँछिन् । साथमा मासु पनि निकै कम खान थालेको र जुम्बा जान थालेको केकीले सुनाइन् । नेपाली चलचित्रको पर्दामा देखिने कलाकारहरुको फिगरमै चर्को आलोचना हुने गरेको पाइन्छ । फिगरका कारण आलोचित हुने कलाकारको सूचीमा केकी पनि पर्छिन् । सायद, अब भने केकी केही गम्भिर भइन् कि ?
































