luteraधरान / चाढवाढ नजिकदै जादा लुटपाटको घट्ना शुरु भएका छन् । मंगलबार राती ८ः३० बजे धरान–४ स्थित टेलिकम कार्यलय नजिक  दुई जना लुटेराहरुले बराह ज्वेलरीमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर मंगलबार साँझ लुटपाट गरेका छन् । कार्यलयबाट घर फर्कदै गरेका स्वराज लामिछानेलाई लुटेराका समुहले घरेलु हतियार देखाई लुटपाट गरेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।  को १६ प २९५५ नं को स्कुटीमा सवार लामीछानेलाई शुरुमा पछाडीबाट मोटरसाईकलले ठक्कर दिएका थिए । उनी भुईमा लडे पछि कुटपीट गदै लुटपाट गरेको पीडित लामिछानेले बताए । ८० हजार बरावरको सुनको सिक्रि, नोकिया मोवाईल र स्कुटीको चावी लुटेर लगेको इप्रका धरानका डिएपी ढकेन्द्र खतिवडाले जानकारी दिए । लुटेराहरुले लामिछानेलाई रड प्रहार गरेका थिए । उनको गालामा, छातीमा र वाँया हातमा समान्य चोट लागेको छ । उनको धरानस्थित विजयपुर हस्पिटलमा उपचार भईरहेको छ । घट्नाको खवर पाए लगत्तै  प्रहरी परिचालन गरि लुटेराको खोजी गरिरहेको डिएपी खतिवडाले जानकारी दिए ।