nabaraj raiजे होस धरान शितल छ । यो कहिल्यै तातिदैन । कसैको बिरोध पनि गर्दैन । मैले बुझाएको कर कहाँ गयो पनि भन्दैन । ढल आफै बन्छ । सडक आफै चिल्लो हुन्छ । पैसा आफै आउँछ । पैसा नआए डलर आउँछ । डलर नआए रिङेट आउँछ । त्यो पनि नआए, रियल आउँछ । नागरिक्ता छिट्टै बन्छ। जन्म दर्ता झन छिटो । बनेन भने सहयोग गर्छ । तरुन्तै बनी हाल्छ । सरकार सङ्ग आशा पनि गर्दैन, भरोसा पनि गर्दैन । जागिर खोइ पनि यो धरान भन्दैन । त्यसैले नेपालै भरी कहलिएको छ यस्को नाम-सुन्दर र सफा धरान ! त्यसैले त राष्ट्र सेवकहरु यहाँ आउन ज्यान दिन्छन । ह्वा निर्दोष धरान। अनि सुन्दर !