ganesh rai ट्राफिक प्रहरीमा डीआईजी रहदा काठमाडौको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सडकहरु चौडा पार्नमा होस् वा मापसे कारवाहीमा, दुवै भूमिकामा सशक्त रुपमा देखिएका नेपाल प्रहरीबाट भर्खरै अवकास प्राप्त एआईजीपी गणेशराज राई यतिखेर नया शक्ति पार्टीमा आबद्ध भएका छन् । उक्त पार्टीको केन्द्रीय कार्यकारिणी समिति र सुरक्षा अनुसन्धान विभाग प्रमुखका रुपमा उनी सक्रिय छन् । स्थायी घर धरान भएका एआईजीपी राई अहिले काठमाडौको रानीबारीमा बस्छन् । उनीसग गरिएको कुराकानीको सम्पादित अंशः कसरी बितिरहेको छ तपाईको दिनचर्या ? जब माघमा म रिटायर्ड भएँ, त्यसै बेला डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोल्नुभएको थियो । त्यो संयोग पनि मिल्यो क्यार । त्यसपछि उहाँले नै तपाईं र हामीले सँगै काम पनि ग¥यौँ । काठमाडौँमा दुर्घटना कम गराउनमा तपाईंले भूमिका पनि खेल्नुभयो । अभै पनि तपाईं ऊर्जाशील हुनुहुन्छ । हाम्रो पार्टीमा आउनु प¥यो भनेपछि पार्टीमा प्रवेश गरे । राष्ट्रको सेवा गरेर अवकास पाए पनि जीवनबाटै अवकास पाएको त होइन नि भन्ने सोचेर देशसेवाका लागि किन सपर्मण नगर्ने भनेर पार्टीमा छिरेको हुँ । अहिले त्यही पार्टीको काममा व्यस्त छु । तत्कालीन प्रधानमन्त्री डा. भट्टराईको काम गराइ र उहाँसँगै काम गरेको हिसाबले पनि डा. बाबुरामप्रति अलिक बढी सहानुभूति भएर नयाँ शक्तिमा जानुभएको त होइन ? मैले तीसवर्षे जीवनकालमा धेरै मान्छेहरुसँग अनुभव गर्ने मौका प्राप्त गरेको छु । एउटा साधारण मान्छेदेखि चोर, फटाहा, जाली, गुण्डा, विद्वान्, विज्ञहरुसँग नजिकमा रहेर काम गरेको छु । त्यो भए पनि को कस्तो, को कस्तो भन्ने हामीलाई धेरै थाहा हुन्छ । साधारण मान्छेले एउटा रुपमा लिए पनि हामी बहुआयमिक तरिकाले मान्छेलाई बुभ्mछौँ । नेतामा पनि उहाँमा गुण र करिस्म्याटिक क्षमता छ । उहाँमा स्पष्ट भिजन छ । अर्को कुरा, सडक विस्तारको क्रममा प्रधानमन्त्री भएका हिसाबले डा.बाबुराम भट्टराइसँगको सन्निकटता पनि भयो नै । उहाँले नयाँ शक्ति पार्टीमा राखेका मुद्दा, उहाँको भिजन, क्षमताले पनि आकर्षित भएको हुँ । उहाँलाई होस्टेमा हैंसे गर्न सकिन्छ भनेर पनि पार्टीमा आबद्ध भएको हुँ । नयाँ शक्तिका के–के कुरा तपाईलाई एकदमै मन परे ? नयाँ शक्ति पार्टीको विधान नै अध्ययन गर्ने हो भने अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट मान्न सकिन्छ । विधानमा उल्लेख गरिएअनुसार नेपालमा तीनवटा समुदाय छन् । एक– मधेशी–थारु समुदाय, दोस्रो आदिवासी जनजाति, र तेस्रो खस आर्य समुदाय । यी तीनवटा समुदायले देश बनेको कुरा उल्लेख गरिएको छ । तर पनि यी तीन समूहमध्ये यहाँ खस आर्यबाहेक अन्य समुदाय जहिले पनि सीमान्तकृत भएको अवस्था छ । तपाईं राणाकालीन कुरा गर्नुस्, पञ्चायतकालीन कुरा गर्नुस्, प्रजातन्त्रपछिका कुरा गर्नुस् । जहिल्यै विभेद भएको छ तर यो कुरालाई नयाँ शक्तिले स्पष्ट रुपमा विधानमै सुनिश्चित गरेको छ । यी तीनवटा समुदायबाट बराबर ३३/३३ प्रतिशत पार्टीका पदहरुमा सुनिश्चितता हुन्छ । सरकारमा जाँदासमेत तीनवटा क्लस्टरहरुलाई पनि प्रतिनिधित्व गराइन्छ भनेर भनिएको छ । यो नै सबैभन्दा ठूलो कुरा हो । त्यसमा पनि महिला, सीमान्तकृत र अन्य जातजातिहरुबाट पनि उचित प्रतिनिधित्वको सुनिश्चितता गरिएको छ त्यसैले पनि मलाई प्रभावित पारेको हो ।ganesh rai 1 दोस्रो कुरा, आर्थिक समुन्नति । आर्थिक समुन्नतिविना केही पनि सम्भव हुँदैन । देशको मुख्य आधार नै आर्थिक समुन्नति हो । नेपाल प्रहरीमा रहेर सेवा गर्दा तपाईं र बाबुराम विपरीत धु्रवमा हुनुहुन्थ्यो । तपाईंहरु राज्य पक्षका, उनीहरु विद्रोही पक्षका । अहिले तिनै व्यक्तिको पार्टीमा आपूmलाई उभ्याउ“दा अप्ठ्यारो महसुस हुदैन ? मलाई बिल्कुल पनि अप्ठ्यारोजस्तो भएको छैन । डा. बाबुराम भट्टराई माओवादीमै रहेका भए कुनै पनि हालतमा म माओवादी पार्टीमा जाने थिइनँ । तपाईंले भनेजस्तै सशस्त्र द्वन्द्व भएका बेला हामी भेटिएका भए दुईबीच पनि भिडन्त हुन्थ्यो होला तर अहिले त्यो अवस्था रहेन । उहाँले त्यो पार्टी टोटल्ली रुपमा छाड्नुभएको छ । नयाँ पार्टी खोलेकोले पनि म समावेश भएँ । द्वन्द्वकालका मुद्दामा उहाँलाई माफी दिनुपर्छ भन्ने पक्षमा म छैन । उहाँ आपैंmले पनि सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोगले गरेको निर्णय मान्न तयार छु भनेर भन्नुभएको छ । त्यसको भागी त हुनैपर्छ नि । त्यो कुरा क्षम्य हुनु हँुदैन भन्छु । उहाँले विगतलाई पूर्ण रुपमा त्यागेर नयाँ सोचका साथ अघि बढ्छु भनेर भन्नुभएको छ । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ जस्तो लाग्छ मलाई । लामो समय प्रहरीको व्यस्त जीवन जिउनुभयो । रिटायर्ड लाइफमा आराम गरेर परिवार र छोराछोरीसँग समय व्यतीत गर्नुपर्नेमा फेरि व्यस्त राजनीतितिर ढल्किुनको खास कारण चाहि के हो ? मैले धेरै एक्टिभ रुपमा प्रहरी जीवन पूरा गरेँ । प्रहरीमै रहँदा निक्कै च्यालेन्जिङ तथा व्यस्त विभागमा रहेर काम गरेँ । अवकासपूर्व नै पनि म एकदमै च्यालेन्जिङ र व्यस्त विभागमा रहेको थिएँ । मेरो कार्यकालमा सार्क शिखर सम्मेलन पूरा गरियो । त्यसलगत्तै भूकम्पले देश तहसनहस पारिदियो । त्यहाँ पनि जिम्मेवारीपूर्वक कार्य सम्पन्न गरियो । त्यसलगत्तै मधेश आन्दोलन भयो । त्यसको व्यवस्थापनको काममा समेत खटिएँ । यी सबैका बाबजुद जसरी आप्mनो भूमिका निर्वाह गरेँ, त्यो भूमिकाबाहिर रहेर पनि आफ्नो देशलाई सेवा गर्ने सोच थियो । ऊर्जाशील जीवन छ, आफ्नो अनुभव र क्षमता छ, त्यो देशलाई किन कन्ट्रिब्युट नगर्ने त ? केही गरिनँ भने त म देशका लागि बोझ मात्रै भएँ । त्यसैले पार्टीको कुनै पनि पदमा रहेर काम गरेँ भने देशलाई केही फाइदा होला भन्ने ठानेरै पार्टीमा संलग्न भएको हुँ । नयाँ शक्तिको सम्भावना कस्तो देख्नुहुन्छ ? ज्योतिषीलाई देखाएर भविष्य उज्ज्वल छ भन्यो भने त्यसमा मलाई विश्वास लाग्दैन । पार्टीले जुन विधानलाई टेकेर आम जनताको सही सेवा र मुलुकको राजनीतिक निकास दिने काम र विकास गर्ने काममा भविष्यमा कसरी कन्ट्रिब्युट गर्छ, त्यसअनुसार पार्टीले अगाडिको बाटो तय गर्छ । यो पार्टीमा हरेक क्षेत्रका विज्ञहरु आबद्ध भएको हिसाबले पनि केही होला भन्ने अपेक्षा गर्न सकिन्छ । अन्य पार्टीमा राजनीतिक मान्छे मात्रै छन् भने हाम्रो पार्टीमा विभिन्न क्षेत्रमा विद्वत्ता प्राप्त गरेका मान्छेहरु हुनुहुन्छ । हामीसँग आर्थिक क्षेत्रका विज्ञ, कृषिका विज्ञहरु छन् । युवा पुस्ता पनि धेरै आकर्षित भएका छन् । छोटो समयमै यसले राजनीतिक क्षेत्रमा सफलता प्राप्त गर्छ भन्ने मलाई लाग्छ ।                                                                                                             प्रस्तुतिः भोजराज श्रेष्ठ/उपेन्द्र चाम्लिङ