श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ ६ गते आइतबार, १९ मे २०२४, कालयुक्त संवत्सर। वैशाख शुक्ल  पक्षको एकादशी तिथि १४ः०६ बजे सम्म,  उप्रान्त द्वादशी, नक्षत्र हस्ता भोलि ०३ः३० बजेसम्म, उप्रान्त  चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः१२ बजे र सूर्यास्त ०६ः४८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। अरूले फाइदा उठाउने कोशिस गर्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रगतिमाथि ईष्र्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसरका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। गुरुजनको साथ–सहयोग जुट्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित रकम भिœयाउने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। अरूलाई दिएको धनमाल आफैलाई आवश्यक पर्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिवश चिताएको काम पूरा गर्न नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनु होला। व्यवसायमा बाधा पुग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले हिसाबकिताबमा होसियार रहनुहोला।