biratनेपालका चर्चित अखबार कान्तिपुरका सम्पादक सुधिर शर्मा र अनलाइनखबरका सम्पादक अरुण बराललाइ प्रचण्डका सम्पादकहरु भनेर गाइगुइ चलेको थियो | आज प्रमाणित भएको छ | कान्तिपुर र अनलाइनखबरमा आएका समाचार, सम्पादकीय, टिप्पणी र पाठक प्रतिक्रियाले यो पुस्टि भएको छ | ओलीको सुरुवाती दिनहरुमै 'उखाने/जोकर' भन्ने समाचारमा जोड दिएर बिगत कोट्याएका यी सम्पादकहरु अहिले प्रचण्डले लडाकु सिबिरको करोडौ लुटेको बिगत छुदैनन | बरु प्रचण्डले सुशासनमा काम गर्ने कुरा गर्छन | आफ्नै बैध्य, बाबुराम र विप्लब मिलाउन नसकेको लेख्दैनन | तर, आम देशका दल मिलर जाने कुरा प्रचण्डले सक्छ भन्छन | प्रचण्डले सुरुवाती भासण नै 'श्रोत' भए बिकाश गर्छु भनेर निरास पार्दै एउटा नगरपालिकाको अधिकृत र गाबिस सचिब स्थर भन्दा मुनिको कुरा गरेकोबारे बोल्दैनन | तर, समृद्धि प्रचण्डकै नेतृत्वले सक्छ जस्तो गरेर लेख्छन | बरु लेख्छन चाइना संगको पारवहन सन्धीमा प्रचण्डको बढी मेहेनत छ | चीन संगको रेल सपना प्रचण्डले पहिले देख्या लेख्छन |अझ आज अनलाइनखबरले त ओलीको ९ महिनाको ६० लाख खर्च भन्दै 'राज्य कोसको ब्रह्मलुट' लेख्या छ | अरे यार ९ महिनामा ६० लाख खाजा खर्च भन्या एक महिनाको ७ लाख | एउटा आधादर्जन दलको गठबन्दन, राजधानीको महंगी र सिंहदरबारको आगामनले के मासिक १० हजार खाजा खर्चले धान्छ ? हो यस्तै पंगु बनाउने समाचार, विचार र सम्पादकीय लेख्ने स्वार्थ समुहको मिडियाकै कारण आज आम संचारको आकर्षण घट्दो छ | सामाजिक संजालको माग र महत्व बढ्दो छ | हिजो पाठक पत्रिका खोज्दै पत्रिका पसल जान्थे | आज पत्रिका/मिडिया पाठक खोज्दै सामाजिक संजालमा आउछन | यदि यस्तै देखिने र नाङ्गो बायस आउदै गर्ने हो भने मास मिडियाको अलोकप्रियता अझ घट्ने छ |