विजयपुर । सुनसरीको धरान–१७ त्रिवेणी चोकस्थित एक घरबाट प्रहरीले ६४ किलोग्राम गाँजा बरामद गरेको छ ।
लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले शुक्रबार धरान–१७ निवासी ३५ वर्षीय प्रकाश राईको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा घरको पछाडि रहेको शौचालयभित्र प्लास्टिकको पोकामा लुकाई–छिपाई राखिएको अवस्थामा ६४ किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । घरधनी प्रकाश राई भने प्रहरी पुग्नुअघि नै फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले फरार राईको खोजी कार्य भइरहेको जनाएको छ ।