विजयपुर/मिस दमकको आयोजकले घोषणा गरेको पुरस्कार चाँडै बितरण गर्ने जनाएको छ । आईतबार आयोजक एड लिङक एडभटाईजिङले बिज्ञप्ति जारी गरि कार्यक्रमका बिषयमा भएका आलोचनाको सम्मान गर्ने जनाएको छ ।
प्रतियोगिताको क्रममा देखिएका कमिकमजोरीहरुकै कारण समस्या उत्पन्न भएको भन्दै आगामी दिनमा कमजोरीहरुलाई सच्याएर जाने उल्लेख गरिएको छ । उपाधि र रनरअप जित्नेहरुले एउटै प्रकृतीको अन्य प्रतियोगितामा सहभागि हुन नपाउने पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ । ‘मिस दमकको उपाधि कायमनै राखेर एउटै प्रकृतिको अन्य प्रतियोगितामा सहभागिता जनाउनु आयोजक र प्रतियोगि बिचको समझदारी बिपरित हुनेछ’ बिज्ञप्ति उल्लेख छ । निर्णायकहरुको निर्णय नै आफुहरुले सार्बजनिक गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतियोगिले सामाजिक संजालमा व्यक्त गरेका असन्तुष्टिका स्वरले भ्रम पैदा भएको तर फिक्सिङ कै तहमा भने कुनै गतिविधि नभएको जिकीर गरीएको छ ।प्रतियोगी र मिस पुर्वाञ्चलका आयोजक बिचको व्यक्तिगत कुरा कै भरमा फिक्सिङ भएको भनिनु न्यायोचित हुदैन बिज्ञप्तिमा उल्लेख छ ।