धरान / टेष्टी-टेष्टी मिस एसएलसीका स्पर्धीहरुले ब्युटि टिप्स बारे आधारभूत ज्ञान पाएका छन् । ३० प्रतियोगी सहभागीहरुलाई अफिसियल ब्युटिपार्लर निसुग्मा व्युटि सोलुसन प्रालिले ब्युटि टिप्स दिएको हो । प्रालिकी सञ्चालिका विष्णु लिम्बूले प्रतिस्पर्धीहरुलाई आधारभूत व्युटिसियन बारे तालिम दिइकी थिइन् । उनले तालिममा स्किनको बचाउ र कस्मेटिक्सहरु प्रयोग गर्ने तरिका बारे जानकारी गराएकी थिइन् ।
तालिममा व्यवहारिक ज्ञानसमेत दिइएको थियो । उनीहरुलाई प्रदर्शनसमेत गरेर देखाइएको मिडिया कोअर्डिनेटर सञ्जु राईले जानकारी दिइन् । मिस एसएलसीका स्पर्धीहरुलाई विभिन्न १२ वटा तालिमहरु प्रदान गरिदैछ । त्यस अन्तर्गत व्युटिसियन बारे तालिसमेत दिइएको हो ।
व्युटि प्याजेन्ट कार्यक्रम अन्तर्गत पर्ने भएकाले पनि ब्युटि टिप्स उनीहरुको लागि अनिवार्य रहेकाले पनि तालिम प्रदान गरिएको अतुलदीप श्रेष्ठले जानकारी दिए । तीनवर्षदेखि निसुग्मालाई अफिसियल ब्युटिपार्लरको रुपमा रहेको छ । जेठ ७ गतेबाट सुरु भएको ‘बन्द प्रशिक्षण’ जेठ २६ गतेसम्म रहने छ । जेठ २८ गते ग्राण्ड फिनाले हुँदै छ । कार्यक्रमको आयोजना धरान जेसिजले गरिरहेको छ ।