धरान/ miss बर्षेनी धरानमा आयोजना हुँदै आएको मिस पुर्वान्चलको सातौ संस्करणको अडिशन शुरु भएको छ । पुर्वान्चल क्षेत्रभरि का युवतीहरुको प्रतिभा प्रदशन गर्ने थलो को रुपमा आयोजना हुँदै आएको मिस पुर्वान्चलको पहिलो अडिशन धरानको रत्न इन् होटेलमा सम्पन्न भएको छ भने काठमाण्डौमा समेत अडिशन गरिएको छ  ।
धरान अडिशनमा धरान , झापा ,गाइघाट , सुनसरी , मोरंगबाट १८ जना युवती हरु सहभागी थिए भने  काठमाण्डौमा ५ जना युवतीहरु सहभंगी थिए  ।
कम्तिमा प्लस टु अध्ययनरत तथा १७ देखि २५  बर्ष सम्मका पुर्वान्चल क्षेत्रका  युवतीहरुले मिस पुर्वान्चलमा भाग लिन पाउनेछन्।
पुर्वान्चल का सबै क्षेत्रबाट प्रतिनिधित्व होस् भन्ने अभिप्रायले आउँदो जेठ १५ गते दोश्रो अडिशन धरानमा राखिएको छ । त्यस्तै मिस पुर्वान्चल बारे जानकारी दिने उदेश्यले धरानको बिरेन्द्र मेमोरिअल कलेज , धरान सिटी कलेज ,धरान मोडल कलेजमा समेत कलेज एक्टिभेशन कार्यकर्म गरिएको  क्रियटिभ डाइरेक्टर राजेन्द्र रिमालले बताउनुभयो  ।
सिल्भर इन्टरटेन्मेंट र हाइट  इभेन्टको आयोजना तथा सीजी ब्रुअरी को नेपाल आइस नेचुरा मुख्य प्रायोजनमा नेपाल आइस नेचुरा मिस पुर्वान्चल २०१६  आउँदो असार ११ गते धरानस्थीत  धरान सभागृह मा आयोजना हुनेछ ।
अडिशन बाट छानिएका युवतीहरुलाइ सम्बन्धित क्षेत्रका विभिन्न प्रशिक्षक हरुले एक महिना व्यक्तित्व बिकाश , वाचन कला , सौन्दर्य , स्वास्थ्य , पर्यटन लगायतका विभिन्न बिषयमा  प्रशिक्षण गराउनेछ भने कोरियोग्राफर प्रियारानी लामाले कोरियोग्राफी  प्रशिक्षण गराउनेछिन् ।
मिस पुर्वान्चलको फाइनल शोको निर्णायकहरुको निर्णय अनुसार मिस पुर्वान्चल २०१६ बिजेता , फर्स्ट रनर उप , सेकेन्ड रनर उप लगायत अन्य ६ वटा टाइटल बिजेताहरु समेत घोषणा गरीनेछ ।
बिजेताले यामाहा फेसिनो स्कुटी सहित यूरो एसिया ट्रीप , बैंकक को तर्फबाट बैंकक घुम्ने अवशर प्रदान गरिनेछ भने  फर्स्ट रनर उपले ५१ हजार , सेकेन्ड रनर उपले ३१ हजार र अन्य टाइटल बिजेताहरुले १० हजार  पुरस्कार पाउनेछन्  ।  त्यस्तै बिजेता , फर्स्ट रनर उप र सेकेन्ड रनर उपलाइ अमना टुर्स , धरानको तर्फबाट सिक्किम भर्मणको ब्यवस्था गरिएको छ  ।
मिस पुर्वान्चल २०१५ कि ‘फस्ट रनर अप’ को  थाइल्यान्ड भ्रमण
मिस पुर्वान्चल २०१५ कि ‘फस्ट रनर अप’ अनु राईलाई युरोसिया ट्रीप थाइल्यनडले १ हप्ताको थाइल्यान्ड भ्रमण गराएको छ । युरोसिया ट्रीपले इन्टरनेसनल ट्रावल पाटनर भएर मिस पूर्वान्चललाई प्रायोजक गरेको हो । युरोसिया ट्रीपले बिगत ८ वर्षदेखि थाइल्यन्डमा ट्रावल र टुरिजममा काम गरिरहेको र बर्से्नि लाखौ ग्राहकहरुलाई सेवा दिईराखेको छ । युरोसिया ट्रीपले अनु राईलाई आफ्नो कम्पनीमा स्वागत गरेको थियो । आगामी दिनमा पनि मिस पुर्वान्चालालाई इन्टरनेसनल ट्रावल पाटनरको रुपमा काम गर्ने व्यवस्ता गर्ने युरोसिया ट्रीपका कार्यालय प्रमुख सुमन अधिकारीले बताएका छन् ।