धरान / धरान जेसिजको आयोजना तथा भुपू अध्यक्ष क्लबको संयोजन रहेको “टेस्टी टेस्टी मिस एसएलसी–२०१६” का प्रतियोगिहरुलाई मंगलबार  व्यवहार सुधारसम्बन्धि जीवन उपयोगित सीप तालिम प्रदान गरिएको छ ।
तालिमको सहजीकरण पाथिभरा हिमालयन पोलिटेक्निक इन्स्टिच्युट इटहरीका देबेन्द्र कार्की  र युथभिजिन सोसाईटी  सुभेक्षा अधिकारी श्रेष्ठले गरेका थिए । सोही दिने सामुदायप्रतिको उत्तरदायित्व कार्यक्रम अन्तरगत पूर्वान्चल ज्ञानचक्षु विद्यालयको भ्रमण समेत गरिएको आयोजनकाले जनाएको छ ।  
“टेस्टी टेस्टी मिस एसएलसी(२०१६” का सो प्रतियोगिहरुलाई गत शुक्रबार, शनिबार र्याम्पवाक÷क्याटवाकको तालिम कोरियोग्राफर ललित राईद्धारा दिईएको थियो । यसैगरी धरान(३ चिनिया चौकस्थीत धरान जेसिजका सचिवालय आईतबार पत्रकार गोपाल दाहाल र तिर्थ कार्कीले आधारभुत पत्रकारिता तालिम दिएका थिए । भने सोमबार धरान(६ देशीलाईन स्थीत होटल नवयुगमा क्रिएटिभ डाईरेक्टर दोर्पध्वज राई, मिडिया कोडिनेटर सन्जु राई, पूर्व विजेता रिया बजाज, उप विजेता रोशिमा राई, दिपेन्द्र निरौलाले उद्घोषण कला तालिम दिएका छन् ।  मिस एसएली प्रतियोगिता जेठ २८ गते हुने भएको छ ।