starआइतबार धरानमा सम्पन्न सुनसरी जिल्ला स्तरिय‘अखिल सिङगीङ स्टार’को उपाधि केन्द्रिय प्रबिधी क्यामपस धरानका बिद्याथी सन्दिप चौधरीले हात परेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको ५१ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा सुनसरी भरीका १२ प्रतियोगिलाई पछि पाद चौधरीले अखिल स्टारको उपाधि हात परेका हुन ।तिमी बिनाको जीबन....’बोलको गित गाएका उनी सुनसरी अखिलको इतिहासमा भएका पहिलो गायन तर्फबा स्टार हुन । वराह ज्वेलरि ले प्रयायोजन गरेको उक्त प्रतियोगिताको दोश्रो स्थान समिता लिम्बु ले हात परीन भने तेश्रो स्थान सजल भट्टराई ले हात परेका थिए । दोश्रो हुने लिम्बु ले ‘शान्ति लुकाउँ कहाँ...’बोलको गित गाएकी थिईन ।तेश्रो स्थान हासिल गर्ने कार्कीले ‘मुटु माग्यौ तिमीले..’बोलको गित गएका थिए । स्टार बन्न सफल चौधरीले सिङगीङ स्टारको शिल प्राप्त गरे । उनले अखिलका हरेक कार्यक्रममा साङगितीक प्रस्तुती दिन पाउने छन् ।दोश्रो र तेश्रो स्थान हासिल गर्नेहरुलाई पनि शिल प्रदान गरिएको थियो । सहभागी प्रतियोगिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।प्रतियोगिताको निर्णयकमा जनगायक किशोर थुलुङ र संगितकार जीबन भट्टराई रहेका थिए । कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा (एमाले) धरान बिषेश इलाका संगठन कमिटीका नबनिर्बाचित अध्यक्ष तारा सुब्बाले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै उनले बिगतका राजनैतिक परिबर्तनहरुमा बिद्यार्थीहरुको प्रमुख भुमिका रहको भन्दै अब देश बिकाशका लागि दक्षता हासिल गर्नु पर्ने बताए ।सोहि अवसरमा कार्यक्रमका सहयोगी तथा एमाले नगर अधिबेशनबाट निर्बाचित सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । अनेरास्वबियु इकाई कमिटी अध्यक्ष सौरब सञ्जेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम अनेरास्वबियुका इकाई सचिब अनुज कार्कीले सञ्चालन गरेका थिए ।