दमक/ टयालेन्ट डेक इन्टरटेन्मेन्टको आयोजनामा असार ३ गते हन लागेको पिएलओ दमक रनवे फेसन सोको लागि शनिवार मोडल छना्ट गरेको छ । दमक- १० स्थित कामक्ष होटलमा आयोजित अडिसन कार्यक्रममा दमकका ५८ जना मोडलहरुले सहभागिता जनाएका थियो । अडिसनमा सहभागिवाट १६ जना मोडल छनौट भएका छन । छनौट हुने मोडलहरुमा विपासा व्रजचार्य, सेलिना गौतम, मनिला राई, करिना वुढाथोकि, सलिना वुढाथोकि, फ्लोरेन्स राई, रन्जिता चहर, मोनिका ल्म्विु, रोजिना बाँस्तोला, सल्मा धिमाल, मिरादुमि राई, रेनु राई, सम्झना बुढाथोकी, प्रसंसा रिजाल, सन्दिपा लिम्वु, रोजिना अधिकारी रहेका छन । सोमबार धरानमा आठ जना सुपर मोडलहरुको पनि विशेष प्रस्तुती रहनेछ । छनौट भएका मोडलहरुलाई डिजे तथा कोरि योग्राफर ललित राईले को
रियोग्राफि गर्नेछ । दमक–१२ स्थित रेडक्रस भवनमा सम्पन्न हुने कार्यक्रममा हेमा राईको डिजाइनमा स्प्लेण्डर वुटिकले तयार गरेको पहिरनमा मोडलहरु र्याममा उर्तिनेछ । दमकमा पहिलो चोटि यति धेरै मोडल र्याम्पमा उर्तिन लागेको ट्यालेन्ट डेकका निर्देशक वादल राईले वताए ।