av लामो समय पछि धरानमा सिल्भर इन्टरटेन्मेंट र हाइट  इभेन्टको आयोजना तथा रुस्लान भोड्काको सहकार्यमा भब्य सांगीतिक कार्यकर्म “ फुल भोलुम –लाइभ कन्सर्ट इन धरान “ को आयोजना हुदैछ । चर्चित सांगीतिक समूह “१९७४ ए डी “ आफ्नो नया ब्याण्ड मेम्बर सहित पहिलो पल्ट धरानको भब्य स्टेजमा आगामी जेष्ठ ७ गते शुक्रबार साँझ धरान स्थित पब्लिक खेल मैदानमा आफ्ना नया पुराना गीतहरु सहित धरान तथा पूर्वेली दर्शकहरु माझ छाउनेछन् ।

१९७४ ए डीले यो मन त मेरो नेपाली , सम्बोधन , रातो र चन्द्र सुर्य , पहिलो जुनीमा, गुरांसै फुल्यो  , परेलीमा , सम्झी बस्छु , जति माया , बिस्तारै बिस्तारै लगायतका दर्जनौ गीत हरु प्रस्तुत गर्नेछन । १९७४ ए डी मा निराकार याक्थुम्बा ,मनोज केसी ,संजय श्रेष्ठ ,सुभास जंग पाण्डे ,प्रतिक बानिया संगै रोहित जोन छेत्रि, प्रज्ज्वल  मुखिया रहेका छन । त्यस्तै सोहि कार्यकर्ममा धरानको चर्चित ब्याण्ड जेलर्स को मुख्य भोकलिस्ट मनोज मोते आफ्नो नया ब्याण्ड  वाल्किंग क्लाउड सहित आफ्ना नया - पुराना गीतहरु टाढा जाने , हाम्रो जीवन , कसरि बिर्सु , छपनि ले छान लगायतका आफ्ना अन्य गीतहरु गाउने छन्  ।index1

जेष्ठ ७ गते को सांझलाई संगीतमय बनाउन हरेक कोण बाट भब्य बनाउन लागिपरेको संयोजक हिमाल गुरुंगले बताए । धरानको कन्सर्ट पछि अन्य सहरमा पनि  कार्यकर्म आयोजना गर्ने गुरुंगले बताए । कार्यकर्मलाई सफल पार्न लाहुरे भर्ती तालिम केन्द्र (धरान ) , डियर कल्ब अफ तरहरा , होटल एसोसिएसन भेडेटारले पनि सहयोग गरेको छ ।