Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • राजनीति
  • स्थानीय
  • शिक्षा
  • अर्थ
  • पर्यटन
  • खेलकुद
  • विचार
  • मनोरञ्जन
  • अन्तरवार्ता
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • राजनीति
  • स्थानीय
  • शिक्षा
  • अर्थ
  • पर्यटन
  • खेलकुद
  • विचार
  • मनोरञ्जन
  • अन्तरवार्ता
  • छापा संस्करण
  • सम्पादकीय
  • स्वास्थ्य
  • राशिफल
  • विशेष
  • संस्कृति
  • संग्रह
  • एसिया
  • युरोप
  • निर्वाचन खबर
Neuro
  • Home
  • एसिया
  • आमाको महत्व बुझाउने जीवन्त तस्वीर : ‘आमा’

आमाको महत्व बुझाउने जीवन्त तस्वीर : ‘आमा’

  • पुष २६, २०७४
  • ब्लाष्ट खबर

चितवन/ सबै चिज मागेर या बनाएर पाउन सकिएला तर आमाबुबा न मागेर पाइन्छ, न त बनाउन सकिन्छ । विकृत मनोभावले कहीँकहीँ जीवन दिने आमाबुबा तिरस्कृत हुने गरेका छन् । पारिवारिक कारण आमाबुबा वृद्धाश्रममा छाडिन्छन् । भविश्यमा आफू पनि आमाबुबा भइन्छ भन्ने ख्यालै गरिँदैन । त्यस्तै त्यस्तै विषय समेटेर मानव सेवा आश्रमको एउटा कलाकार समूह नाटक ‘आमा’ सहित देश दौडाहामा छ । छोराछोरीको विकृत मनोभावलाई त्याग्न प्रेरणा दिँदै आमाको महत्व दर्शाउने एउटा जीवन्त उदाहरण हो नाटक ‘आमा’ । नाटकको शुरुवात् आमाप्रतिको बुहारीको तिरस्कृत मनोभावबाट शुरु हुन्छ । आश्रमका अध्यक्ष रामजी अधिकारीले घरबाट निकालिएपछि वाग्मतीको पुलमुनि मृत्युवरण गर्न पुगेकी आमाले मृत्यु हुनुअघि छोरालाई सम्बोधन गर्दै लेखिएको मातृवात्सल्यसँग छोको हेयलाई तुलना गरिएको कथासहितको बेदनाको पोको खोल्छन् । यसैबाट दर्शकको मन रसाउन शुरु गर्छ । त्यसपछि नाटक ‘आमा’ शुरु हुन्छ ...  “कत्ति सुत्न सक्या भन्या, घरमा काम लठपत्रै छ”, यसो उठेर फूलमा पानी मात्रै हाल्दे’नी हुन्थ्यो नि, सुतिरहेकी बिरामी तथा वृद्धा आमालाई शान्तिले चर्केर तिखाले बचन लगाउँछिन् । “बाहिर गर आफैँ, भित्र आफैँ, सक्दिन म, के म यो घरको नोकर हो र ?” शान्ति कराउन छाड्दिनन् । “हेर न बुहारी, आज मलाई अलि सञ्चो छैन, फूलमा पानी तिमी नै हाल न है”, आमा भन्छिन् । बुहारीलाई आमा घरमा बसेको मन पर्दैन । वृद्धाश्रममा पठाउन श्रीमान्लाई दबाब दिन्छिन् । देखावटी आधुनिकतामा हुर्केकी बुहारी उच्च वर्गको देखाउन साथीहरु आउँदा आमा नदेखिए हुन्थ्यो झैँ गर्छिन् । बुहारीकै कचकच र गनगनले छोरा पनि आमालाई तिरस्कार गर्न पुग्छ । आमाको ममता अपरम्पार हुन्छ । त्यसको कुनै मोल नै हुन्न । तर छोराले यी सब कुरा बिर्सन्छ । जन्माएको हुर्काएको कति खर्च लाग्छ त्यो चुक्ता गर्ने अहमत जाग्छ । “एकछिन छोरा, तँ एउटी आमाले गरेको ममताको मूल्य चुक्ता गर्न चाहन्छस् हैन, ठीक छ तँलाई जन्माएँ हुर्काएँ, बढाएँ, आज यतिसम्म बनाएँ, यति धेरै हिसाब त आज म बुझाउन सक्दिन, तर एक हप्ताभित्र तँलाई सम्पूर्ण हिसाब बुझाउने छु ।” ऊ घर छाडेर जान लाग्दा आमाले रोक्दै भन्छिन् । उपस्थित दर्शकमा आँशुका धारा बग्न थाल्छन् । आमाहरुको मन थामिँदैन । नाटक हेर्दै गोरखाकी लिलावती अधिकारी सुँक्कसुँक्क गरी रुन थाले । “सुखदुःख दुवैसँगै त हुन्छ, दुःख देख्दा रुन मन लाग्यो”, अधिकारीले भने, “घरपरिवार नै राम्रो भए बाआमा यसरी बिछोडिनु पर्थेन, बा आमा विचल्ली हुनुपर्थेन ।” उनीसँगै ८७ वर्षका वृद्ध वैकुण्ठ अर्याल र ८१ वर्षीया दमयन्ती अर्याल दम्पती नै लट्ठी टेकेर आमा नाटक हेर्न सहभागी थिए ।

सम्बन्धित समाचार
आजको मौसम: हिमपातको सम्भावना

आज देशका उच्च पहाडी र हिमाली क्षेत्रममा हल्का हिमपातको सम्भवना छ । आज देशका ...

कोसी राजमार्गको निर्माण आधा सकियो

धरान । पूर्वी पहाडी जिल्लालाई तराई हुँदै सङ्घीय राजधानीसँग जोड्ने कोसी राजम ...

दादुरा रोगको अनुगमन गर्दा भेटियो ‘चिकेन पक्स’

सुनसरी । सुनसरीको कोसी गाउँपालिकामा चिकेन पक्स अर्थात् ठेउला रोग फेला परेको ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
आजको मौसम: हिमपातको सम्भावना
कोसी राजमार्गको निर्माण आधा सकियो
दादुरा रोगको अनुगमन गर्दा भेटियो ‘चिकेन पक्स’
धरानको सवारी व्यवस्थापनः नगरले ई–रिक्सा दर्ता नगर्दा समस्या
कोसी अस्पतालमा नर्सको पिरलो
‘बर्खे अधिवेशनसम्म प्रदेश १ ले नाम पाउँछ’
कागज मिलाएर अनुदान खानेका लागि ढोका बन्दः मन्त्री सिटौला
पत्रकारिता विषयमा विद्यार्थीको आकर्षण बढ्दो
महामारी आउनु अगावै नियन्त्रणतर्फ ध्यान दिइयोस्
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
धरान राजधानी हुने भो !
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
ड्युटीमै रमाउने डिएसपी भन्छन- सुत्दा मात्र युनिफर्म खोल्थ्ये
रिना हत्या प्रकरणमा उनका प्रेमी पक्राउ
गाेरू काटने वाहुन दाजू भाई धराैटीमा छुटे
सामाजिक सुरक्षा भत्ता वितरण
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2023 - Blastkhabar.com All rights reserved