भद्रपुर । झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय झापाले एउटा सवारी साधनसहित चारजना कारोबारीलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट, बेलकोटगढी नगरपालिका वडा नम्बरर १३ का ३१ बर्षीय  साजन तामाङ् सोही स्थानका ३०बर्षीय सजिन लामा, ३३ बर्षीय दिपेश लामा र वडा नम्बर ११ का २३ बर्षीय राम तामाङ् रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर लोककृष्ण दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो २ बजे भद्रपुर वडा नं. ७ आनिमार्गमा बा.प्र ०१–०२५ च ०८७७ नम्बरको हुण्डाइ कम्पनिको क्रेटा कारलाई रोकी चेकजाँच गर्दा गाडीभित्र लुकाइछिपाई राखिएको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसाइलो पदार्थ २०० ग्राम ३९० मिलिग्राम फेला परेको जिल्लाका एसपी राजन लिम्बुले जानकारी दिए ।

 घट्नापछि  प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाइ सार्वजनिक गरिएको हो । उनीहरुको साथबाट चारथान मोवाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाइ लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूरको अनुसंधानका लागि झापा जिल्ला अदालतबाट सातदिन म्याद  थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

यसैक्रममा प्रहरीले असार ७ गते  पनि भद्रपुर ५ बाट बा.प्र ०१–०३० च ७७९३ नम्बरको नेटा इभि गाडीमा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित काठमाडौँ महानगरपालिका २६ का २४ बर्षीय निवेश कुँबेर र लम्जुङ् कोलासोतार गाउँपालिका ७ का २२ बर्षीया नोजिना रानालाई भद्रपुर ५ भन्सार चोकबाट नियन्त्रणमा लिई आवश्यक कारबाही भईरहेको उनले जनाए । 

त्यसैगरी वैशाख ३१ गते गौरीगञ्ज ३ गौरीगञ्ज बजारबाट लागूऔषध कारोबारमा संलग्न दमकका भूपेन्द्र राई, भारतीय नागरिक भोला ठाकुर र मोनाजिर आलमलाइ १०० ग्राम ०९० मिलिग्रामसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ना.१ च ११६२ नम्बरको हुण्डाई आई टेन कार र १ भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।