काठमाडौं । गायिका लक्ष्मी आचार्य र प्रकाश सपुतको नयाँ गीत ल्याएको छ । सुदूरपश्चिमकी गायिका आचार्यले त्यहाँका लोकसंस्कृतिलाई गीतमा समावेश गर्दै आएकी छन् ।

त्यहाँको रैथाने कथ्यलाई समेटेर ‘लाइहेल कालो टीको’ गीत सार्वजनिक गरिएको हो । सुदूरपश्चिमको भाषामा रहेको गीत त्यहाँकै संस्कृतिमा तयार गरिएको छ ।

नरेन्द्रराज रेग्मीको शब्द सङ्गीत रहेको गीतमा सपुतले साथ दिएका छन् । गीतको दृश्यसामग्री पनि निर्माण गरिएको छ । दृश्यमा प्रकाश र लक्ष्मीलाई नै देख्न सकिन्छ ।

भिडियोमा एकजोडी युवायुवतीको प्रेमकथा देखाउन खोजिएको छ । मौसम हिमालको निर्देशनमा भिडियो निर्माण गरिएको हो ।