Trending Tags

राजनीति

    Showing ११-२० of ३,२४८ items.
  • एमालेको १०औं राष्ट्रिय महाधिवेशन: प्रतिस्पर्धाबाट पछि हट्दिन– रावल, अध्यक्षमा सर्वसम्मत हुन्छ– भट्टराई

    नेकपा एमालेका अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका नेता भिम रावलले  आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् । एमालेको १०औं राष्ट्रिय महाधिवेशन बन्दसत्र सुरू हुनु अघि  अध्यक्ष केपी शर्मा ओली र उनीनिकटका नेताहरुबीच नेतृत्व चयनका विषयमा छलफल भइरहेको छ । त्यस्तै अध्यक्षका आकांक्षी रावलले पनि  आफूनिकटका नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।उनले उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताउदै आइरहेका छन् ।  सौराहास्थित होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ । सर्वसम्मत नेतृत्व चयनको माग गर्दै एम

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • १११ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एमाले महाधिवेशनः पदाधिकारी थपेर सहमतिको प्रयास

    नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा गए राति चितवनको सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पद सङ्ख्या बढाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको हो ।एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अब केन्द्रीय कमिटीमा ३०१, पोलिट्ब्युरोमा ९९, स्थायी कमिटीमा ४५, पदाधिकारी (सचिवालय) मा १९ सदस्य हुनेछन् । ती निकायमा अध्यक्ष र  वरिष्ठ उपाध्यक्ष  एक–एक, उपाध्यक्षः छ, महासचिव एक उपमहासचिव  तीन र सचिव  सात हुनेछन् । यी सब

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • ५२ पटक पढिएको
    • रासस
  • अब हामीले देशका लागि एकल बहुमत ल्याउनुपर्ने छ –ओली

    नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावको तयारीमा लग्ने बताएका छन् । उनले देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएको बताउदै महाधिवेशन पछि चुनावको तयारीमा लाग्ने बताएका छन् । ओलीले भने, ‘निकट भविष्यमा चुनावहरू आउँदैछन् । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौं । जनमतको तयारी गर्नेछौं । अब हामीले यस देशका लागि एकल बहुमत ल्याउनुपर्ने छ ।’उनले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ । ’

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • ९७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीलाई दिए बधाई, संवाद र सहकार्यमा जोड

    नेकपा एमालेकाे १० औं महाधिवेशनकाे उद्घाटन समाराेहमा बाेल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीलाई बधाई दिएका छन् । उनले एमालेका १० औं महाधिवेशनकाे सफलताकाे शुभकामना व्यक्त गर्दै, जेलमासंगै बसेकाे स्मरण गर्दै लोकतन्त्र संस्थागत गर्न सहकार्य गर्नुपर्ने बताएका छन् । उनले भने "सरकार निरन्तर संवाद र छलफलबाट हरेक समस्याको समाधान निकाल्न चाहन्छ । मुलुक कोभिडको महामारीका बेला सबै नागरिकलाई खोप दिनु आवश्यक थियो । विभिन्न मित्रराष्ट्रबाट प्राप्त सहयोगका लागि धन्यवाद दिन्छौं । कोभिड न्यूनीकरण भएको छ । आर्थिक अवस्था राम्रो हुँदै गएको छ । "

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • ९८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • महत्वपूर्ण २ कामका लागि मुलुकले ओली र एमालेलाई सम्झिरहन्छ – कमल थापा

    नेकपा एमालेको १० औं महाधिवेशनमा शुभकामना दिन पुगेका राप्रपा अध्यक्ष कमल थापाले महत्वपूर्ण २ कामका लागि मुलुकले केपी शर्मा ओली र नेकपा एमालेलाई स्मरण गरिरहने बताएका छन् ।थापाले  उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै  सिके राउतको पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु ओली र एमालेको पहिलो सफलता भएको बताए । उनले लिम्पियाधुरासहितको नेपालको नक्सालाई संविधानको अंग बनाउने काम अर्को महत्वपूर्ण र स्मरणीय योगदान भएको बताएका छन् ।त्यस्तै,  उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनसँग जो

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १३७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रधानमन्त्री देउवा चितवनमा

    प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आउनुभएको हो ।नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा केहीबेरअघि मात्र हेलिकोप्टरबाट यहाँ आइपुग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार देउवा दिउँसो १२ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा अवतरण हुनुभएको हो । केही बेरमा उहाँ कार्यक्रमस्थल नारायणी नदी किनारमा पुग्नुहुनेछ । महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि आजै उहाँ फर्कनुहुने छ । महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधि यहाँ आउ

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • ७८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि आइपुगे एमाले महाधिवेशन स्थल चितवनमा

    नेकपा एमालेकाे १० औं महाधिवेशमा सहभागी हुन राप्रपा नेपालका अध्यक्ष कमल थापा चितवन पुगेका छन् । उनलाई एमाले नेता देवी ज्ञवाली र रामप्रसाद न्यौपानेले स्वागत गरे ।राप्रपाका नेतृ रिना गुरुङलगायता नेता कार्यकर्ताहरू पनि कमल थापालाई स्वागतका लागि भरतपुर विमानस्थल आएका थिए । एमाले अध्यक्ष केपी ओलीसँग आफ्नो व्यक्तिगत रूपमा सदभाव रहेको बताउँदै थापाले नेतृत्व चयनका सन्दर्भमा भने शुभेच्छा प्रकट गरे ।

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • ६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एमाले महाधिवेशनः आज उद्घाटन हुँदै

    नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ ।उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा (एमाले)ले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् ।महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ । सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आउनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभका

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • ५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राप्रपाका अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले पार्टीको आसन्न एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गगरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले आम नागरिकको भावनालाई प्रतिविम्बित हुनेगरी राजनीतिक गतिविधि सञ्चालन गरी पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गराउन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिए । सांसद रहेका नेता लिङ्देनले पार्टीले अवलम्बन गरेको वैचारिक दृष्टिकोणमा नेतृत्व संवेदनशील नभएको आरोप समेत लगाएका छन् ।  सोही कार्यक्रममा अर्का नेता धवलशम्शेर राणाले उक्त महाधिवेशनमा आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा ग

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १०१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • काँग्रेस सुनसरी क्षेत्र नम्बर ३ मा तिन दिन सरेर पनि निर्वाचन नहुन कार्यकर्ताले गरे नाराबाजी

    सुनसरी क्षेत्र नम्बर ३ मा निर्वाचन हुन ढिलाइ भएको भन्दै काँग्रेसका कार्यकर्ताहरूले नाराबाजी गरेका छन्  ।काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मंगलबार हुनुपर्ने क्षेत्रीय प्रतिनिधिको निर्वाचन बिहिबार पनि समयमै हुन नसकेपछि  कार्यकर्ताहरू आक्रोशित बनेका हुन् ।   नेता विजयकुमार गच्छदारको क्षेत्र रहेको क्षेत्र नम्बर ३ मा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरेका संस्थापना पक्षका गच्छदारले  (पौडेल कोइराला) समूहका मेहेदी हुसैनलाई सभापति बनाउने गरी दुवै पक्षबिच सहमति गराएका थिए । उक्त सहमतिमा गढी, दुहबी र बर्जुका नेताहरू नअटाएको भन्दै कार्याकर्ताहरूमा असन्तुष्टि रहेको छ । 

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १३५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved