पूर्व

    Showing ६१-७० of ९,२८८ items.
  • सुरक्षाको माग राख्दै प्रशासनमा उजुरी: ठगि धन्दा चलाउने ओझाले दिए ज्यान मार्ने धम्की

    विराटनगर/ विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली विद्युत्त परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगि धन्दा चलाउने गुणराज ओझाले उजुरी गर्ने कर्मचारीलाई ज्यानमार्ने धम्की दिएका छन् । ओझाबाट ठगिका ५० भन्दा बढीले कर्मचारीले श्रम कार्यालयमा उजुरी गरेपछि निवेदन दिने कर्मचारीलाई ओझाले ज्यान मार्ने धम्की दिएका हुन् । प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल आफ्नो भाञ्जे ज्वाईँ भएको बताउँदै विराटनगरमा खुल्लेआम हिडडुल गर्ने उनले कर्मचारीलाई फोन र एसएमएसबाट धम्की दिएका हुन् । ‘तपाईँको पनि परिवार छ होला भन्दै धम्की दिइरहेका छन्’, नितेश खतिवडाले भने, ‘शान्ति सुरक्षाको माग गर्दै प्रशासन

    • प्रकाशित मितिः मंसिर १०, २०७५
    • ७४४ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • नेपथ्यको कन्सर्टमा २० लाख बढी बचत

    बिर्तामोड/ सडक दुर्घटना न्युनिकरण महाअभियानको पहिलो चरणमा सहारा नेपालले आयोजना गरेको कन्सर्टबाट २० लाख बढी बचत भएको छ । सहारा नेपालले मंसिर ४ गते चर्चित ब्याण्ड नेपथ्यको उपस्थितीमा बिर्तामोडमा कन्सर्ट आयोजना गरेको थियो । कन्सर्टका लागि प्रयोजकबाट २५ लाख ६१ हजार र टिकट बिक्रिबाट ५१ लाख ८६ हजार रुपैंया संकलन भएको आय व्यय अभियानका संयोजक महेन्द्र गिरीले सार्वजनिक गरेका थिए । ७७ लाख ४७ हजार आम्दानी भएको कन्सर्टमा ५६ लाख ८४ हजार रुपैंयाँ खर्च भएको प्रतिवेदन आयोजकले सार्वजनिक गरेको छ । नेपथ्य ब्याण्डले झापाबाट ४६ लाख ९० हजार रुपैंयाँ लगेको आयोजकले प्रदान गरेको प्रतिवेदनमा छ । कार्यक्रम प्रवद्र्ध

    • प्रकाशित मितिः मंसिर १०, २०७५
    • ९७८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • महिला हिंसाविरुद्धको अभियान शुरू

    विजयपुर/ महिला हिंसाविरुद्धको १६ दिने अभियान धरानमा आइतबारदेखि शुरू भएको छ । ‘लैगिक हिंसा अन्त्यका लागि सबै जुटौ कोही नछुटौ’ भन्ने मूल नाराका साथ शुरू भएको अभियानको प्रदेश १ की सांसद् सावित्री श्रेष्ठले उद्घाटन गरिन् । सांसद् श्रेष्ठले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै मुलुक नयाँ संरचनामा गए पनि परिवर्तन हुन धेरै समय लाग्ने बताइन् । उनले नेपालको संंविधान २०७२ मा महिला अधिकारका कुराहरूलाई प्राथमिकतामा राखे पनि व्यवहारमा अझै लागू नभएको बताइन् । महिला सञ्जाल धरान नगर समितिको आयोजना तथा इलाका प्रहरी कार्यालयका समन्वयमा भएको कार्यक्रममा महिला सञ्जाल धरानकी पूर्वअध्यक्

    • प्रकाशित मितिः मंसिर १०, २०७५
    • ३२६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अग्निपीडितलाई सहयोग जारी

    उर्लाबारी/ उर्लाबारी–७ का अग्निपीडित व्यवसायी भक्तिराम अधिकारीलाई आर्थिक सहयोग गर्ने क्रम जारी छ । हालसम्म ४ लाख ४३ हजार १ सय ८२ रुपैँया राहतबापत पीडित परिवारलाई प्रदान गरिसकेको छ । गत मङ्गलबार अधिकारीको पसलसहित घर जलेर नष्ट भएको थियो । आगजनीबाट पूर्ण विस्तापित भएका परिवारजनको लागि उर्लाबारी उद्योग वाणिज्य सङ्घले कोषबाट ३० हजार दिने निर्णय गरेको छ भने सङ्घको अगुवाइमा राहत सङ्कलन समिति गठन गरी बजारमा सहयोग सङ्कलन गरिरहेको छ । अधिकारीलाई यस क्षेत्रका प्रदेश सभासद् कुशल साम्बा लिम्बूले १० हजार, नेपाली काङ्ग्रेसको जिल्ला, क्षेत्र तथा नगरसमितिले ३३ हजार, उर्लाबारी बचत तथा ऋण सहकारी संस्था

    • प्रकाशित मितिः मंसिर १०, २०७५
    • २८३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • देवीझोडा वनमा लिम्बू

    बेलबारी / मोरङको केराबारी–९ स्थित देवीझोडा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा धर्मध्वज लिम्बू चयन भएका छन् । समितिको उपाध्यक्षमा तेजेन्द्र थापा विजयी बनेका हुन् । उनले अम्बरबहादुर राईलाई एक मतले पराजित गरेका हुन् । त्यस्तै कोषाध्यक्षमा बद्रीकुमार विष्ट विजयी बनेका छन् । निकटतम् प्रतिद्वन्द्वी पदम कार्कीलाई १४ मतले हराउँदै उनी विजयी बनेका हुन् । सचिवमा देवीमाया सुवेदी र सह–सचिवमा गोविन्द बस्नेत चयन भएका छ्न । सदस्यहरूमा समीर लिम्बू, मोहन भट्टराई, डम्बर दाहाल र सातवटा टोलबाट महिला सदस्य चयन भएका छन् । लेखा समिति संयोजकमा मोहन कार्की, सदस्यमा रामबहादुर कार्की (विष्णु) र आशा लि

    • प्रकाशित मितिः मंसिर १०, २०७५
    • ३१९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सामुदायिक विकास मञ्चको २१ औं साधारणसभा सम्पन्न

    उर्लाबारी/ सामुदायिक विकास मञ्च उर्लाबारीको २१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । ‘सङ्गठित प्रयास संस्थाको निकास, नागरिक दायित्व स्थानीय विकास’ भन्ने मूल नाराको साथ स्थापना भएको संस्थाले सरसफाइ, खेलकुद, नेतृत्व विकासका तालिम, गरिब तथा विपन्न विद्यार्थीहरूमा न्यानो अभियान कार्यक्रमलगायत कार्य गर्दै आएको छ । सो क्रममा तिहारको देउसीबाट सङ्कलित एक लाख ३ हजार ५ सय ९८ रुपैया“ संस्थाको आम्दानीमा बाँधिएको छ । ढुण्डुराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणि पौडेल, ५ नम्बर वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, मदन भण्डारी स्मृति प्रति

    • प्रकाशित मितिः मंसिर १०, २०७५
    • २४९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जल्पादेवीद्वारा पौने तीन करोड निक्षेप

    धरान/ धरान–७ स्थित जल्पादेवी बचत तथा ऋण सहकारी संस्थाले शनिबार छैठौं साधारणसभा सम्पन्न गरेको छ । सिद्धि नेवा परिषद् धरानमा संस्थाले आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाका प्रबन्धक शैलेन्द्र श्रेष्ठले २ करोड ८४ लाख ५४ हजार ४ सय ८७ रुपैया“ निक्षेप सङ्कलन गरिएको प्रतिवेदन प्रस्तुत गरे । संस्थाको शेयर पू“जी ८५ लाख ७९ हजार पुगेको छ । संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा आयकरसहितको खुद मुनाफा एक लाख ३९ हजार ५ सय ५८ रुपैया“ गरेको संस्थाका अध्यक्ष विशाल श्रेष्ठले बताए । यसैबीच संस्थाले आफ्ना उत्कृष्ट ६ सङ्कलक र ४ कर्मचारीलाई मायाको चिनोले सम्मानित गरेको छ । कार्यक्रमका प

    • प्रकाशित मितिः मंसिर १०, २०७५
    • ३१० पटक पढिएको
    • ब्लाष्ट खबर
  • १६ दिने अभियानमा प्रदेश सांसद्हरूको प्रतिबद्धता

    रङ्गेली / प्रदेश १ का सभामुख, उपसभामुख र सांसद्हरूले प्रदेशमा लैङ्गिक हिंसा अन्त्य गर्ने प्रण गरेका छन् । लैङ्गिकतामा आधारित हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा प्रदेशसभामा आयोजना भएको छलफल कार्यक्रममा प्रतिबद्धता व्यक्त गरेका थिए । छलफलमा सभामुख प्रदीपकुमार भण्डारीले हिंसा अन्त्य गर्न सबैले हातेमालो गर्नुपर्ने बताए । उनले हिंसा उजागर गर्न सक्ने वातावरण निर्माण गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने खाँचो औंल्याए । उनले ऐन, कानून पर्याप्त निर्माण भइरहेको भए पनि त्यसको कार्यान्वयनमा कठिनाइ रहेको बताए । उनले प्रदेश सभालाई हिंसामुक्त बनाउने प्रण गरेका थिए । कार्यक्रमा उपसभामुख सरस्वती पोखरेलले

    • प्रकाशित मितिः मंसिर १०, २०७५
    • ३०१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मेयर कप ओलम्पिक फुटबलको सेमिफाइलनको समीकरण पूरा

    विजयपुर/ धरानमा जारी दोस्रो मेयर ओलम्पिक प्रतियोगिता अन्तर्गत फुटबल प्रतियोगिताको क्वार्टर फाइनलका खेलहरू सम्पन्न भएका छन् । आइतबार सम्पन्न क्वार्टरफाइनल खेलबाट युरेका आवासीय मावि, सैनिक आवासीय मावि, पदम मेमोरियल बोर्डिङ स्कुल र ज्वालामुखी सेकेण्डरी बोर्डिङ स्कुल सेमिफाइलनमा प्रवेश गरेका छन् । एन्फा टेक्निकल सेण्टरमा भएको खेलमा युरेका माविले पब्लिक माविलाई १–०, सैनिक आवासीयले पञ्चकन्यालाई २–१, पदम मेमोरियलले विएन माविलाई ट्राइबे्रकरमा ५–४ गोल र ज्वालामुखीले समीटलाई २–१ गोलले हराउँदै अन्तिम चारमा पुगेको हो । यस्तै आइतबार नै भएको सेपाकटाक्रोको पनि सेमिफाइनलको समीक

    • प्रकाशित मितिः मंसिर १०, २०७५
    • ४०८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चार उद्योगी सम्मानित

    पाँचथर/ तेस्रो उद्योग दिवसको अवसरमा आइतबार जिल्लाका चार जना घरेलु उद्यमी सम्मानित भएका छन् । उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग विकास समितिले सिर्जनशील ढाका कपडा उद्योगकी सञ्चालिका योगिता सम्बाहाम्फे, याक्थुङ ढाका कपडा उद्योगकी सञ्चालिका दिलकुमारी फागो, लक्की ब्युटी पार्लरकी सञ्चालिका लक्की सुजी र लेकाली हाते कागज उद्योगका सञ्चालक रमेश थापामगरलाई सम्मानित गरेको हो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले सम्मान–पत्रसहित जनही पाँचहजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरे । जिल्लामा घरेलु तथा साना उद्योगमार्फत् व्यवसाय प्रवद्र्धन ग

    • प्रकाशित मितिः मंसिर १०, २०७५
    • २८४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved