विराटनगर/ विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली विद्युत्त परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगि धन्दा चलाउने गुणराज ओझाले उजुरी गर्ने कर्मचारीलाई ज्यानमार्ने धम्की दिएका छन् ।

ओझाबाट ठगिका ५० भन्दा बढीले कर्मचारीले श्रम कार्यालयमा उजुरी गरेपछि निवेदन दिने कर्मचारीलाई ओझाले ज्यान मार्ने धम्की दिएका हुन् ।

प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल आफ्नो भाञ्जे ज्वाईँ भएको बताउँदै विराटनगरमा खुल्लेआम हिडडुल गर्ने उनले कर्मचारीलाई फोन र एसएमएसबाट धम्की दिएका हुन् ।

‘तपाईँको पनि परिवार छ होला भन्दै धम्की दिइरहेका छन्’, नितेश खतिवडाले भने, ‘शान्ति सुरक्षाको माग गर्दै प्रशासन कार्यालयमा निवेदन दिएका छौ ।’ प्रशासनले आवश्यक सुरक्षाको व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालय मोरङलाई आइतबार पत्र काटिदिएको छ ।

आज सोमबार जिप्रका मोरङ समेत ठगि विरुद्ध उजुरी दिने जनाएका छन् ।

मोरङको लेटाङ घर बताएर विराटनगर ४ जामुनागाछी स्थित ससुराली घरमा बस्दै आएका ओझाले विराटनगरमा ५० जना बढीलाई ठगी गरेका थिए ।

ओझाले अधिकृतदेखि पियन स्तरमा ५० जना कर्मचारी नियुक्ति गरेर तलब नदिइ ठगेको खुलेको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहको आफू विश्वास पात्र रहेको बताउने ओझाले बिराटनगर महानगरपालिका–४, कञ्चनबारी पश्चिम साझा मार्गमा ‘तमोर मेवा जलविद्युत्त आयोजना पब्लिक लिमिटेड र बिजनेस मेनेजमेन्ट ग्रुप (बिएमजी)’ नामक नक्कली कम्पनी खोलेर ५० जना व्यक्तिलाई विभिन्न मितिमा नियुक्ति दिएका थिए ।

ओझाले २०७४ चैतदेखि यता विभिन्न मितिमा कर्मचारी नियुक्ति गरी उल्टो ऋण लिएर सम्पर्कबिहीन भएका हुन् । काम गर्ने कर्मचारीहरुबाट उल्टै ५ हजारदेखि ३ लाख सम्म ऋण लिएर उनी फारर छन् ।

महिनौंसम्म तलब नदिई सापटी लिएको रकम समेत फिर्ता नगरेपछि खोजी गर्दा कम्पनी नै फर्जी भएको खुलेको थियो । तलब माग्दा ओझाले बाउन्स चेक दिने गरेका थिए ।

श्रमले दोस्रो पटक पत्र काट्यो
कम्पनी सञ्चालक ओझा फरार भएपछि ५० जना कर्मचारीले श्रम कार्यालय विराटनगरमा उजुरी गरेका थिए । कात्तिक १८ गते श्रम कार्यालयमा उजुरी परेपछि श्रम कार्यालयले २० गते ओझालाई उपस्थित हुन पत्र काटेको थियो ।

तर, ठेगाना पत्ता नलागेपछि कार्यालयले शुक्रबार दोस्रो पत्र पठाएको श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । ‘गत चैतदेखि विभिन्न मितिमा कर्मचारीलाई नियुक्ती गरी ठगी गरेको रहेछ’, उनले भने, ‘सरकारी सुविधा सरह तलब र ५० प्रतिशत भत्ता दिनेगरी सम्झौता गरेर तबल नदिएको भेटियो ।’

श्रम कार्यालयले आवश्यक कारवाहीको लागि विभिन्न १७ वटा सरकारी कार्यालयलाई समेत वोद्धार्थ पत्र पठाएको छ ।

खुल्लेआम हिडछन् ओझा
नक्कली कम्पिन खोलेर लाखौं रुपैयाँ ठगि गने ओझा विराटनगरमा खुल्लेआम हिडडुल गर्ने गरेको पाइएको छ । विराटनगर ४ जामनुगाछी स्थित ससुराली घरमा बसोबास गर्दै आएका उनी यही वरिपरी रहने गरेका छन् ।
प्र

हरी महानिरीक्षक सर्बेन्द्र खनाल आफ्नो भाञ्जे ज्वाईँ भएको बताउँदै विराटनगरमा खुल्लेआम हिडडुल गर्ने उनले आफुविरुद्ध उजुरी गर्ने कर्मचारीलाई फोन र एसएमएसबाट ज्यान मार्ने धम्की दिने गरेका छन् ।