धरान/ धरान–७ स्थित जल्पादेवी बचत तथा ऋण सहकारी संस्थाले शनिबार छैठौं साधारणसभा सम्पन्न गरेको छ ।

सिद्धि नेवा परिषद् धरानमा संस्थाले आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाका प्रबन्धक शैलेन्द्र श्रेष्ठले २ करोड ८४ लाख ५४ हजार ४ सय ८७ रुपैया“ निक्षेप सङ्कलन गरिएको प्रतिवेदन प्रस्तुत गरे ।

संस्थाको शेयर पू“जी ८५ लाख ७९ हजार पुगेको छ । संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा आयकरसहितको खुद मुनाफा एक लाख ३९ हजार ५ सय ५८ रुपैया“ गरेको संस्थाका अध्यक्ष विशाल श्रेष्ठले बताए ।

यसैबीच संस्थाले आफ्ना उत्कृष्ट ६ सङ्कलक र ४ कर्मचारीलाई मायाको चिनोले सम्मानित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि इलाका प्रशासन कार्यालय धरानका प्रमुख जयराम श्रेष्ठ, संरक्षक राजेशमान श्रेष्ठलगायतको उपस्थिति थियो ।