बेलबारी / मोरङको केराबारी–९ स्थित देवीझोडा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा धर्मध्वज लिम्बू चयन भएका छन् ।

समितिको उपाध्यक्षमा तेजेन्द्र थापा विजयी बनेका हुन् । उनले अम्बरबहादुर राईलाई एक मतले पराजित गरेका हुन् । त्यस्तै कोषाध्यक्षमा बद्रीकुमार विष्ट विजयी बनेका छन् ।

निकटतम् प्रतिद्वन्द्वी पदम कार्कीलाई १४ मतले हराउँदै उनी विजयी बनेका हुन् । सचिवमा देवीमाया सुवेदी र सह–सचिवमा गोविन्द बस्नेत चयन भएका छ्न ।

सदस्यहरूमा समीर लिम्बू, मोहन भट्टराई, डम्बर दाहाल र सातवटा टोलबाट महिला सदस्य चयन भएका छन् । लेखा समिति संयोजकमा मोहन कार्की, सदस्यमा रामबहादुर कार्की (विष्णु) र आशा लिम्बू रहेका छन् ।

समूहमा २ सय ८३ घरधुरी उपभोक्ता रहेका छन् । सामुदायिक वनले आर्थिक वर्ष ०७४/७५ मा ७८ लाख बराबरको आम्दानी गरी वन विकास, गरिबी निवारण तथा सामाजिक विकासका कामहरू गर्दै आएको छ ।