उर्लाबारी/ सामुदायिक विकास मञ्च उर्लाबारीको २१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

‘सङ्गठित प्रयास संस्थाको निकास, नागरिक दायित्व स्थानीय विकास’ भन्ने मूल नाराको साथ स्थापना भएको संस्थाले सरसफाइ, खेलकुद, नेतृत्व विकासका तालिम, गरिब तथा विपन्न विद्यार्थीहरूमा न्यानो अभियान कार्यक्रमलगायत कार्य गर्दै आएको छ ।

सो क्रममा तिहारको देउसीबाट सङ्कलित एक लाख ३ हजार ५ सय ९८ रुपैया“ संस्थाको आम्दानीमा बाँधिएको छ ।

ढुण्डुराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणि पौडेल, ५ नम्बर वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका सामुदायिक विकास अधिकृत रुद्रबहादुर तामाङलगायतले बोलेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई पनि सम्मानित गरिएको थियो ।