एसिया

    Showing १६१-१७० of ४५३ items.
  • दमकमा धिमाल जाति प्रथम आदिवासी घोषित

    दमक । झापाको दमक नगरपालिकालाई धिमाल जातिको उद्गम स्थल भएको भन्दै नगरपालिकाले उक्त जातिलाई दमकको पहिलो आदिवासी नागरिकको मान्यता दिएको छ। यहाँको आदिवासी धिमाल जातिको पहिचान संरक्षण गर्न भन्दै धिमाललाई पहिलो नागरिकको रूपमा घोषणा गरेको हो। नगरसभा बैठक सार्वजनिक गर्न मंगलबार दमकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर उपप्रमुख गीता अधिकारीले पहिलो नागरिकको घोषणा गर्दै आदिवासी धिमालको सरंक्षण, सम्वर्द्धन गर्न पहिलो नागरिक घोषणा गरेको बताइन्। उनले नगरका हरेक सेवा, सुविधा तथा रोजगारीका क्षेत्रमा अब धिमाल जातिलाई पहिलो प्राथमिकतामा राखिने जानकारी पनि दिइन्। दमकमा धिमालहरू करिव २५ हजार बढी भएको अनुमान छ

    • प्रकाशित मितिः आश्विन ३१, २०७४
    • १,१९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गीता मन्दिरमा धनवन्तरी जयन्ती

    धरान/धरान–५ स्थित गीता मन्दिरले ‘धनवन्तरी जयन्ती’ सोमबार मनाएको छ । हरेक वर्षको कात्तिक कृष्ण त्रयोदशीका दिन यो जयन्ती मनाउँदै आएको कार्यक्रमका अध्यष काशिराम अग्रवालले जानकारी दिए । धनवन्तरी जयन्तीको विषयमा प्रा. नारायणप्रसाद कट्टेल र पण्डित लोकनाथ लुइटेलले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन उपाध्यक्ष प्रा.डा. गोपालप्रसाद भण्डारीले गरेका थिए । गीता मन्दिरले गीता भवनमा दातव्य आर्युवेदिक औषधालयसमेत सञ्चालन गर्दै आइरहेको छ ।

    • प्रकाशित मितिः आश्विन ३१, २०७४
    • ४८४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्लाष्टिकको फूलको माग बढ्दो

    इलाम । पूर्वी पहाडी जिल्ला इलाममा तिहारका लागि प्लास्टिक फूलको माग बढेको छ । जिल्लामा यस वर्ष फूल उत्पादनमा कमी आएसँगै बजारमा प्लास्टिक फूलको माग बढेको हो । इलाममा भारतबाट प्लास्टिक फूल आयात गर्ने गरिएको छ । प्लास्टिक फूलको व्यापारसँगै खाद्यान्न, लत्ताकपडा र झिलिमिलि बत्तिको समेत व्यापार बढेको छ । तिहारमा अत्याधिक खपत हुने सयपत्री फूल गत वर्षमा जस्तो नफुलेका कारण प्लास्टिकका फूलको ब्यापार बढेको स्थानीय व्यापारी बताउँछन् ।

    • प्रकाशित मितिः आश्विन ३१, २०७४
    • ५२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • त्रिपालभित्र इटहरीका बाढीपीडितहरुको खल्लो दशैँँ

    इटहरी/कहिले घाम कहिले पानी, कहिले चर्को घाम त कहिले केही शीलत । सबैतिर हिन्दू नेपालीहरुको महान् चाड बडादशैँँको रमझम छ । हुनेखानेहरु दशैँँमा नयाँ लुगा लगाएर मीठो मसिनो खाएर दशैँ मनाइरहेका छन् । तर, हुँदा खानेहरु अनि बाढीले आफन्तसँगै घर पनि बगाएर पीडित बनेकाहरुका लागि भने दशैँँ दशा बनेर खल्लो पर्व बनेको छ । बाढीमा आमाबाबु गुमाएका बालबच्चा अनि बालबच्चा गुमाउन पुगेका आमाबाबुको टहरोमा दशैँको खुशियालीको आगमन हुन सकेको छैन । केही पीडितको घरमा भने दशैँको रमाइलो होइन आफन्तको सम्झनामा रुवावासी अनि बलिन्द्रधारा आँसुको भेल बनेर आएको छ यो वर्षको दशैँ । उनीहरुमा यसपटकको दशैँ उमंगको सट्टामा आँसु र पीडा

    • प्रकाशित मितिः आश्विन १७, २०७४
    • ४५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दशैँ उमंगका साथ मनाइयो

    काठमाडौँ/आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ । आज स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी हर्षोल्लास र उमंगका साथ दशैँ पर्व मनाएका हुन् । बडादशैँको दशौँ दिन आज राष्ट्रप्रमुखदेखि सर्वसाधारणसम्म टीका र आशिर्वाद थाप्न दिनभर व्यस्त रहे । दसैँका बेला लगभग फूलपातिदेखि सुनसान जस्तै बनेको उपत्यकामा आज टीकापछि चहलपहल बढेको छ । आज दिनभर सर्वसाधारण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन हिँडेका देखिन्थे । दुई÷तीन दिनदेखि उपत्यका सुनसान भएपनि आज बेलुकादेखि काठमाडौँ उपत्यकामा

    • प्रकाशित मितिः आश्विन १४, २०७४
    • ५१७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सोनामाई मन्दिरमा भूत मेला शुरु

    गौशाला/ बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा शुक्रबारदेखि भूत मेला शुरु भएको छ । औरही नगरपालिकामा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि लागेकोे सोनामाई मन्दिरका पुजारी कामेश्वर झाले बताए । बडादशैँको षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने भूतमेलामा हजाराैँ पीडित (कारनी) र दर्शनार्थीको भीड । भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष सो मेलामा आउँछन् । सोनामाईको कृपाले यहाँबाट मानिसहरु निको भएर जाने गरेको जनवि

    • प्रकाशित मितिः आश्विन ११, २०७४
    • १,०१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तीन वर्षे बालिका तृष्णा भइन् नयाँ कुमारी

    काठमाडौं/गुठी संस्थान प्रधान कार्यालयले तीन वर्षीय बालिकालाई नयाँ जीवित देवी कुमारीको घोषणा गरेको छ । असनकी तृष्णा शाक्यलाई नयाँ कुमारीको रुपमा मंगलबार घोषीत गरिएको हो । तृष्णा मञ्जुश्री नकमहा विहारका विजयरत्न शाक्य र सिर्जना शाक्यकी छोरी हुन् । नयाँ कुमारीलाई सोही दिननै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गराइएको छ । गुठी संस्थान, तलेजुभवानी मन्दिरका मूल पुजारी, राजगुरु, कुमारीघरका चिताहदार, राजज्योतिषी, शाक्य महाविहार संघलगायतका प्रतिनिधिहरुले नयाँ कुमारीको घोषणा गरेका हुन् । तलेजु मन्दिरका मुख्य पूजारी उद्धवमान कर्माचार्यले राष्ट्रपति भवन शीतल निवासमा धार्मिक परम्पराअनुसार गोयदान गरी नयाँ

    • प्रकाशित मितिः आश्विन ११, २०७४
    • ५०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • के हो फूलपाती ?

    काठमाडौँ/बडादसैंको सातौं दिन आज सप्तमी। सप्तमीका दिन प्रत्येक दसैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याउने र तिनका पत्रले देवीहरूलाई स्नान गराउने परम्परा छ। यो नेपाली सनातन धर्मालम्बीको मात्र नभई नवरात्रमा आराधना गर्ने भारतीय तथा मैथिल हिन्दू धर्मावलम्बीको पनि परम्परा हो। मैथिल पूजाविधिमा पनि यसको उल्लेख छ। सर्वसाधारणले बिहानै वा आफ्नो अनुकूलको समयमा फूलपाती भित्र्याउँछन्। विभिन्न शक्तिपीठ र कोतघरहरूमा अपराह्नतिर फूलपाती भित्र्याउने चलन छ। काठमाडौँको हनुमानढोकास्थित दसैंघरमा पञ्चांग निर्णायक समितिले निकालिदिएको साइतमा अपराह्नतिर फूलपाती भित्र्याइन्छ। त्यसो भए के हो त फूलपातीरु अनि के महत्त्व छ

    • प्रकाशित मितिः आश्विन ११, २०७४
    • ४०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • धिमे बाजा प्रतियोगिता असोज १९मा

    नगरकोट/ दोस्रो काठमाडौँ उपत्यकाव्यापी खुला धिमे बाजा प्रतियोगिता २०७४ यहाँ असोज १९ गते हुने भएको छ । मानन्धर व्यायाम मन्दिरले २५ औँ वसन्त पार गरेको अवसरमा भक्तपुरको पहिचान बोकेको धिमे बाजाको संरक्षण गर्ने उद्देश्यले धिमे प्रतियोगिता गर्न लागेको मन्दिरका सल्लाहकार रामकृष्ण मानन्धरले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा ४० टोलीको सहभागिता रहने कार्यक्रम संयोजक किशोर मानन्धरले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुनेलाई धिमेका सामग्रीका साथै शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

    • प्रकाशित मितिः आश्विन ११, २०७४
    • ४७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दशैंकाे ‘पिङ’मा घट्याे आकर्षण

    दशैंमा एक पटक पिङ खेलेर भुई छाड्नु पर्ने प्रचलन भए पनि केही वर्ष यता दशैंमा मुल्य आकर्षणको पिङ देख्न तेह्रथुममा मुश्किल हुन थालेको छ । पहिले पहिले प्रत्येक गाउँ गाउँमा पाँच देखि दस वटा सम्म पिङ हाल्ने चलन रहेको थियो । तर ति गाउँमा एउटा पिङ पनि देख्न मुश्किल भैसकेको छथर गाउँपालिकाका स्थानीयवासी दिवा खुलाल बताउछिन । पिङ खेल्ने समयको सररर चचहुईको आवाज सगैको मज्जा समेत युवा पुस्ताले भुल्ले अवस्था भएको छ । अहिलेको युगमा मनोरञ्जनका बैकल्पिक साधनहरुको विकास हुदै जानु, पिङ हाल्ने काम झण्झटिलो र धेरै दुख गर्नु पर्ने हुदाँ अहिलेका युवा पुस्ताले पिङ प्रति रुचि देखाउन छाडेका कारणले गर्दा लोप हुने अवस्था

    • प्रकाशित मितिः आश्विन ९, २०७४
    • ३,०३० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved