धरान/धरान–५ स्थित गीता मन्दिरले ‘धनवन्तरी जयन्ती’ सोमबार मनाएको छ । हरेक वर्षको कात्तिक कृष्ण त्रयोदशीका दिन यो जयन्ती मनाउँदै आएको कार्यक्रमका अध्यष काशिराम अग्रवालले जानकारी दिए । धनवन्तरी जयन्तीको विषयमा प्रा. नारायणप्रसाद कट्टेल र पण्डित लोकनाथ लुइटेलले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन उपाध्यक्ष प्रा.डा. गोपालप्रसाद भण्डारीले गरेका थिए । गीता मन्दिरले गीता भवनमा दातव्य आर्युवेदिक औषधालयसमेत सञ्चालन गर्दै आइरहेको छ ।