इलाम । पूर्वी पहाडी जिल्ला इलाममा तिहारका लागि प्लास्टिक फूलको माग बढेको छ ।

जिल्लामा यस वर्ष फूल उत्पादनमा कमी आएसँगै बजारमा प्लास्टिक फूलको माग बढेको हो ।

इलाममा भारतबाट प्लास्टिक फूल आयात गर्ने गरिएको छ ।

प्लास्टिक फूलको व्यापारसँगै खाद्यान्न, लत्ताकपडा र झिलिमिलि बत्तिको समेत व्यापार बढेको छ ।

तिहारमा अत्याधिक खपत हुने सयपत्री फूल गत वर्षमा जस्तो नफुलेका कारण प्लास्टिकका फूलको ब्यापार बढेको स्थानीय व्यापारी बताउँछन् ।