भण्टाबारी । सशस्त्र प्रहरी बल नेपाल बिओपी भण्टाबारीले राजस्व छलीगरी लैजादै गरेको ९ लाखबढीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका इन्स्पेक्टर भुवन खड्का कमान्डमा खटिएको सशस्त्र प्रहरीको टोलिले चेकजाँचको क्रममा राजस्व छलेको ९ लाखबढी मुल्य बराबरको विभिन्न सामान बरामद गरेको हो ।

कोशी गाउँपालीका ८ स्थित भण्टाबारीबाट सवारीसाधन चेकजाँच गर्ने क्रममा बिराटनगरबाट सिरहातर्फ जादै गरेको स १ च १७८६ नम्बरको स्कारपियोमा भिसिटिएस बिल नभएको ७ लाख ८२ हजार २६७ रुपैयाँ बराबरको विभिन्न मोटरपार्टसका सामान नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको बिओपी भण्टाबारीका इन्स्पेक्टर भुवन खड्काले जानकारी दिए ।

यसैगरी बिल बिना ल्याइएको १ लाख २९ हजार मुल्य बराबरको बेसारसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेज बुझाएको बिओपी भण्टाबारीले जनाएको छ् ।