ब्लाष्टखबर । साताकाे पहिलाे दिन आइतबार नेपाली बजारमा सुनकाे मुल्यमा गिरावट आएकाे छ ।  शुक्रबार ९२ हजार ९ सय रूपैयाँमा किनबेच भएको छापावाल सुनको भाउ आइतबार २ सयले घटेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै तेजावी सुनको भाउ ९२ हजार २५० रुपैयाँ कायम भएको छ।

आइतबार सुनको भाउ घटे पनि चाँदी भने स्थिर छ। महासंघका अनुसार गत शुक्रबार १ हजार २१० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ आइतबार पनि सोही मूल्यमा कायम रहेको छ।