प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृङ्गलाबीच भेट

alt
  • मंसिर ११, २०७७
  • ब्लाष्ट खबर

धरान । बिहीबार विहान नेपाल आएका भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा नेपाल र भारतको सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

श्रृङ्गलाले परराष्ट्र सचिवस्तरीय बैठकपछि प्रधानमन्त्रीलाई भेटेका हुन्। उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई पनि भेटेका थिए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम पनि छ।

श्रृंगला शुक्रबार गोरखा जानेछन्। उनको शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम छ।

गत कात्तिक १९ गते भारतीय सेना अध्यक्ष एमएम रनवाणेले नेपालको भ्रमण गरेका थिए । त्यसपछि रअका प्रमुख सामन्त गोयल पनि काठमाडौं आएका थिए ।

संसदीय व्यवस्था र स ...

बेलबारी । नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद ...

'कोभिसिल्ड’ले पायाे ...

ब्लाष्टखबर । औषधि व्यवस्था विभागले भारतमा उत्पादन ...

इस्टुको माग सम्बोधन ...

भद्रपुर ।  संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ...

नेपाल– भारत पेट्रोल ...

ब्लाष्टखबर । नेपाल– भारत  पेट्रोलियम पाइपलाइनमा प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved