Trending Tags

अर्थ

    Showing १८१-१९० of ५,०२१ items.
  • नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक आज भने १७.७५ अङ्कले घटेर दुई हजार ८१९.८६ मा ओर्लिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८८ अङ्कले घटेर ५२८.५८ मा ओर्लेको हो । कूल २२६ कम्पनीको एक करोड ३४ लाख तीन हजार ३१२ कित्ता शेयर रु सात अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४.६९, होटल तथा पर्यटन ७.७९ र लगानी ०.३५ अङ्कले उकालो लागेको छ । य

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • १९० पटक पढिएको
    • रासस
  • एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले  रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो ।बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६ करोडको गरी कूल रु एक अर्ब ६६ करोडको ट्रेजरी बिल सोमबार जारी गर्न लागेको हो । बैंकले आइतबार जारी गरेको सूचनाअनुसार ९१ दिने ट्रेजरी आगामी माघ १८ गते परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी  २०७९ कात्तिक १५ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक ८ मा बैंकले रु पाँच अर्ब ६० करोडको ट्रेजरी  बिल बिक्री गरेको थियो ।ऋणपत्रको बोलकब

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • १५० पटक पढिएको
    • ब्लाष्ट खबर
  • बिचौलियाले ब्रोइलर कुखुरापालक विस्थापित

    विजयपुर । बिचौलियाका कारण ब्रोइलर कुखुरापालक कृषक विस्थापित हुन थालेका छन् । सरकारको नीति कमजोर भएपछि बिचौलियाहरूले कुखुरापालकहरूलाई मारमा पार्न थालेपछि विस्थापित हुन थालेका हुन् । यसको ताजा नमुना बनेका छन्, धरान–१५ बाँझगराका मोहन लिम्बू । दक्षिण कोरियामा पाँच वर्ष रोजगार गरेर फर्किएका उनले करिब चार लाख रुपैयाँको लगानीमा धरान–५ खैरेनीमा ‘खैरेनी पोल्ट्री फार्म’ दर्ता गरी ब्रोइलर कुखुरा पाल्न थाले । एक चरणमा १२ सय कुखुरा उत्पादन गर्दै आएका लिम्बूले उत्पादित कुखुरा बिक्रीबाट लगानी पनि नउठेपछि फार्म बन्द गरे । उनले भने, ‘एक चरण १२ सय उत्पादन गर्दा ३० देखि ४० हजार घाटा हुन थालेपछि बन्द गरेँ ।’ उनले

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • २५२ पटक पढिएको
    • खिलानाथ विक
  • मादलमा अडिएको जीवन

    हिले । मादल बनाउने पेशा अँगालेका धनकुटा–१ गैरीटोलका छोटे विशङ्खेको परिवारलाई आजकाल बोल्ने पनि फुर्सद छैन । तिहार नजिकिँदै जाँदा उनको परिवार नै मादल बनाउनमा व्यस्त छ । ११ वर्षको उमेरदेखि छोटेले बुबा धनबहादुरको पुख्र्यौली पेशालाई धानिरहेका छन् । त्यही पेशाबाट बाँच्दै आएका ५९ वर्षीय छोटेले कमाइ सन्तोषजनक नै रहेको बताए । ‘धेरै पैसा त हुँदैन, बाउबाजेको पुख्र्यौली पेशालाई निरन्तरता दिइरहेको छु’ उनले भने, ‘तिहार आउन आँट्दा चाहिँ व्यस्त भइन्छ ।’ मादल बनाउने पेशा उनको परिवारका लागि जीविकोपार्जनको माध्यम बनेको छ । बाल्यकालमा बुबाले मादल बनाएको छेउमा जाँदा नै हप्काउने गरेको अहिले पनि सम्झना छ । उनी भन्छन

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • १७७ पटक पढिएको
    • सन्तवीर लामा
  • नेप्सेमा उच्च अङ्कको वृद्धि

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले बढेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५.५० अङ्कले बढेर दुई हजार ८३७.६१ मा पुगेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक परिसूचक सेन्सेटिभ ९.४६ अङ्कले बढेर ५३०.४६ मा पुगेको छ । कूल २३२ कम्पनकिो एक करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ मूल्यमा खरिद बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज बैंकिङ उपसमूहको शेयर मात्रै ओरालो लागेको छ ।बैंकिङ उपसमूह २.९६ अङ्कले ओरालो लाग्दा व्यापार १८६.९२, होटल तथा पर्यटन १७८.२७, विकास बैंक ३३८.०२, जलविद्युत्

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • १६६ पटक पढिएको
    • रासस
  • आर्थिक विकासका राजनीतिक स्थिरता अपरिहार्यः सिएनआई

    उद्योगी व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले देशको आर्थिक विकासका लागि राजनीतिक स्थिरता र नीतिगत सुधार अपरिहार्य भएको जनाएको छ ।  सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकको अर्थतन्त्रको विकासका लागि औद्योगिकीकरण अपरिहार्य रहेको र सोका लागि समयसापेक्ष नीतिगत सुधार गरिनुपर्ने बताए। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँग आज समसामयिक विषयको छलफलका क्रममा अध्यक्ष अग्रवालले देशको अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थिरता चाहिने बताए । उनले भने, “नीतिगत स्थिरता नहुँदा औद्योगिकीकरण र अर्थतन्त्रको प्रवद्र्धनका लागि समस्या भइरहेको छ, त्यसै

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • २५१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भोजपुरे खुकुरी सङ्कटमा

     स्वदेश तथा विदेशमा पहिचान नै बनाएको भोजपुरे  खुकुरी लोप हुने अवस्थामा पुगेको छ । स्थानीय कालिगढले आफ्ना सीप पुस्तान्तरण गर्न नसक्दा र संरक्षणको अभावमा यो पेशा नै लोप हुने अवस्थामा पुगेको हो । भोजपुरे खुकुरीको माग स्थानीय बजार र बाहिरी जिल्लाका साथै  अन्तराष्ट्रिय बजारसम्म पुग्ने भएपनि माग अनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायीहरू बताउँछन् । खुकुरीले नै ख्याति कमाएको जिल्लामा हाल दक्ष कालिगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीको भनाइ छ । भोजपुरे, सिरुपाते, चित्लाङले कोथीमोडालगायत खुकुरी बनाउने गरिएकामा यस पेशालाई अपहेलनाको रुपमा हेरिने गरिएका कारण पनि सङ्कटमा प

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • २५४ पटक पढिएको
    • रासस
  • प्लास्टिकका भाँडाले कोहार समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

    तिहार नजिकिएसँगै एक कोहार दम्पतीलाई माटाका भाँडा बनाउन र बिक्री गर्न भ्याई नभ्याई भएको छ । बिहान उठेदेखि झमक्क साँझ नपरेसम्म माटोको भाँडा बनाउने काममा व्यस्त छन्, उनीहरू ।विगत ५० वर्षदेखि पुर्ख्यौली पेसाको संरक्षण गर्दै आएका दुखी कोहार र उनकी श्रीमती इश्रावती कोहार चक्रमा राखेको माटोमा कला उतार्ने गर्दछन् । उनीहरूको एउटै उद्देश्य छ, चाडपर्वको बेला सबैलाई सहजरुपमा माटोका भाँडाहरू उपलब्ध गराउदै आर्थिक उपार्जन गर्नु हो ।अन्य समयमा माटाका भाँडाहरू फाटफुट बिक्री भए पनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको रूपन्देहिको ओमसतिया–४ बेतवलिया बस्ने उनीहरू बताउँछन् । उनीहरूले बनाएको माटोका भाँडाहरू

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • २१९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चार वर्षपछि केन्द्रमा बैंङकिङ सेवा

    यासोक । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अस्थाई केन्द घुर्बिसे पञ्चमीमा छ । भौगोलिक रूपले बिकट र लेकाली क्षेत्रमा रहेको गाउँपालिकामा बर्खामा आवतजावत गर्न निकै कठिन हुन्छ । प्रत्येक स्थानीय तहको केन्द्रमा बैंक स्थापना गर्ने सरकारले नीति लिएको छ । सोही अनुसार फाल्गुणनन्द गाउँपालिका—२ को राँकेमा विगत चार वर्षदेखि इन्भेष्टमेन्ट बैंकले सेवा सञ्चालन गर्दै आएको थियो । बर्खाको समयमा र अपायक क्षेत्रमा बैंक भएको भन्दै लामो समयदेखि गाउँपालिकावासीले गुनासो गर्दै आएका थिए । बैंकले पनि सुरक्षाको कारण देखाउँदै राँकेमै बैङकिङ सेवा सञ्चालन गर्दै आएको थियो । लामो समयदेखिको कसाकसीपछि अन्ततःः चार वर्षपछि गाउ

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • २२४ पटक पढिएको
    • रमेश थापा
  • विराटनगरमा २५ तलाकोे व्यापारिक कमप्लेक्स बन्ने

    विराटनगर । झण्डै पाँच अर्बको लगानीमा विराटनगर  महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा २५ तल्लाको व्यापारिक कमप्लेक्स बन्ने भएको छ । विराटनगर-९ मा रहेको गुद्रिबजार क्षेत्रमा रहेको १४ कट्ठा जग्गामा उक्त व्यापारिक कमप्लेक्स बन्न लागेको हो ।विराटनगर महानगरमा आयोजित एक कार्यक्रममा विराटनगर  महानगर र प्रदेश सरकार प्रदेश नं.१ ले व्यापारिक कमप्लेक्स बनाउने विषयमा समझदारी गरेको छ । प्रदेशसभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्की, विराटनगर महानगरका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, वडा नं. ९ का वडाध्यक्ष बिश्वनाथ भगतलगायतको उपस्थितीमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा. सरो

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १७६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved