विजयपुर । सुनसरीको इटहरी उपमहानगरपालिका–४ बाट प्रहरीले ब्राउन सुगर र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी–४ स्थित कोठामा छापा मारेर खानतलासी गर्ने क्रममा धरान उपमहानगरपालिका–११ स्थायी घर भई हाल इटहरी–४ मा डेरा गरी बस्दै आएका ४१ वर्षीय दिनेश भट्टराईलाई पक्राउ गरिएको हो । प्रहरीले भट्टराईको कोठाबाट ४.०२ ग्राम ब्राउन सुगर र ११ हजार ९ सय रुपैयाँ बरामद गरेको जनाएको छ । लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ