अपराध

    Showing २१-३० of १,६५४ items.
  • घरभाडामा लिई वेश्यावृत्ति, तीन पक्राउ

    भद्रपुर/ इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लामो समयपछि यौनजन्य क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान मेचीनगर नगरपालिका वडा नं. ६ स्थित सडकमा अन्दाजी २०–२१ वर्षका २ जना युवतीलाई शङ्कास्पद अवस्थामा फेला पारी सोधपुछको आधारमा यौनजन्य क्रियाकलापमा संलग्नलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । युवतीले दिएको जानकारीका आधारमा गएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ७ स्थित प्यारीभिट्टामा रहेको १६ कोठा भएको ४ तले घर भाडामा लिई युवतीहरू राखी घरमा रहेका विभिन्न कोठाहरूमा ग्राहकहरू बोलाई ग्राकहरूसँग मोटो रकम लिई युवतीहरूसँग

    • प्रकाशित मितिः फाल्गुन ९, २०७६
    • ४९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतमा सुनसरीका ६ तीर्थ यात्रीको दुर्घटनामा मृत्यु

    धरान  / भारत भएको बस दुर्घटना हुँदा ६ जना सुनसरीका तीर्थ यात्रुहरुको मृत्यु भएको छ । आज बिहानै सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय संचारमाध्यले जनाएका छन्। दुर्घटनामा परी घाइते भएका १८ जनाको सरकारी मोहन कुमारामंगलम मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । द हिन्दु टाइम्सका अनुसार नेपालबाट तीर्थयात्रामा गएको एउटा समूह कन्याकुमारीमा प्रार्थनापछि बैंगलोर गइरहेको थियो। उनीहरु सवार वस सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा नरिपलममा रहेको एउटा मन्दिरमा विश्राम गर्ने योजनासहित सडकमा मोडिन खोज्दा अर्को बसमा ठोक्किएको थियो । दुर्घटनामा दुई महिलासह

    • प्रकाशित मितिः फाल्गुन ८, २०७६
    • १४० पटक पढिएको
    • ब्लाष्ट खबर
  • घुस विवादमा फसेपछि सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

    ब्लाष्टखबर । सेक्युरिटी प्रेस खरिद प्रकृयामा ७० करोड घुस मागेको  भन्दै विवादित अडियाे रेर्कड सार्वजनीक भएपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । अडियाे रेर्कड सार्वजनीक भएसंगै अालाेचित बनेका मन्त्री बास्कोटाले राजिनामा दिएकाे  संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः फाल्गुन ८, २०७६
    • २०२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • इनरुवामा टिभिएस मोटरसाइकलको शाेरुमका संचालककाे झुण्डिएको अवस्थामा शव फेला

    ब्लाष्टखबर । इनरुवाका व्यापारी पारस यादवको झुण्डिएको अवस्थामा शव फेला परेको छ । टिभिएस मोटरसाइकलको शाेरुमका संचालक ६० वर्षीय यादव आफ्नै शोरुम अगाडी सटर लगाएर एउटा फलामको पाइपमा झुण्डिएको अवस्थामा बिहिबार बिहान फेला परेकाे हाे । पीठ्युमा ब्याग बोकेर झुन्डिएको अवस्थामा यादवको शव फेला पारेपछि शोरुमको सिसि टिभि फुटेज हेर्दा  उनले अत्महत्या नै गरेको देखिएको सुनसरी प्रहरीका प्रमुख यज्ञविनोद पोखरेलले बताए । उनले बोकेर ब्यागमा भित्र के छ ? र अत्महत्याकाे कारण के हाे भन्ने कुराका बारेका प्रहरीले खुलाएकाे छैन । तथापी यादव ऋणमा डुबेकाले तनावकै कारण उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बता

    • प्रकाशित मितिः फाल्गुन ८, २०७६
    • २२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अडियाे क्लिप बाहिरीएपछि ओली-प्रचण्डबीच भेटवार्ता, मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि प्रश्न साेधिने

    ब्लाष्टखबर । घुसको बार्गेनिङ गरेको अडियो क्लिप बाहिरीएपछि  उक्त प्रकरणबारे कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ ।   सेक्युरिटी प्रेस खरिद प्रकृयामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको भन्दै एक अडियो क्लिप बाहिरीए पछि दुइ विच बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटवार्तामा भएकाे हाे ।  कुराकानीमा उक्त अडियाे प्रकरणका बारेमा मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि

    • प्रकाशित मितिः फाल्गुन ८, २०७६
    • १८३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बालिकाको शव फेला

    भद्रपुर/ दक्षिणी झापाको कचनकवलमा एक बालिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । उनको शव शङ्कास्पद अवस्थामा भेटिएको हो । कचनकवल गाउँपालिका–२ स्थित झापा हर्दसभिट्टा गाउँकी १४ वर्षीया विष्णुमाया कार्की झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । स्थानीय लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडिगीमा कक्षा ६ मा अध्ययनरत बालिका कार्कीको शव झुण्डिएको अवस्थामा सोमबार बिहान स्थानीयले चिया बगानभित्र फेला परेको हो । बालिकाको शवको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको हुन सक्ने स्थानीय बताउँछन् । तीन दिनअघि घरबाट हिँडेकी बालिका चिया बगानको नाला नजिकै झुण्

    • प्रकाशित मितिः फाल्गुन ८, २०७६
    • १६४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जंगलमा युवतीको लास, पहिचान भएन

    धरान / सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिदेव मन्दिर नजिकै जंगलमा तग मंगलबार एक युवतीको लास फेला परेको छ । मन्दिरदेखि १ किमी उत्तर बन क्षेत्रमा आन्दाजी २०÷२५ बर्षका युवती मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्गको वीरेन्द्र बजारदेखि ४ किमी उत्तरको वन क्षेत्रमा भेटिएको शवबारे स्थानीय घास काट्ने महिलाहरुले देखेर खवर गरेका थिए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बन्जाडेको नेतृत्वमा प्रहरी टोली खटी स्थानीय जनप्रतिनिधिको रोहवरमा आबश्यक प्रक्रिया पूरा गरि हिजो नै लास उठाइएको प्रहरीले जनाएको छ । लास परीक्षणका लागि धरानस्थित

    • प्रकाशित मितिः फाल्गुन ७, २०७६
    • १५१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

    ब्लाष्टखबर । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इञ्जिनीयर सुरेशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ । निजी इञ्जिनीयर चमेलिया नदी नियन्त्रण तथा आयोजना उपभोक्ता समितिबाट घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।

    • प्रकाशित मितिः फाल्गुन ७, २०७६
    • १५५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बम विष्फाेट गराउने पाँच विप्लव कार्यकर्ता पक्राउ

    संखुवासभा  / जिल्लाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट विभिन्न स्थानमा बम विष्फाेट गरि फरार रहेका पाँचजना पक्राउ परेका छन् । नेपाल सरकारबाट प्रतिबन्धित नेत्र विक्रमचन्द नेतृत्वका पाँच कार्यकता पक्राउ परेका हुन् । प्रहरीले विप्लव कार्यकतालाई विष्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए । प्रहरीले चैनपुर–१ गुफापोखरीबाट विप्लव समूहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका अग्नि भनिने सन्तोष तामाङसहित पाँच जनालाई पक्राउ गरेको प्रहरी निरिक्षक राईले बताए । गतफागुन २ गते समातिए पनि मंगलबार मात्र प्रहरीले प्रेस विज्ञाप्ति जारी गर्दै सार्वजानिक गरेको छ ।

    • प्रकाशित मितिः फाल्गुन ६, २०७६
    • १६० पटक पढिएको
    • खेवाहाङ मेवाहाङ
  • टिप्परले टेम्पोलाई ठक्कर दिँदा भारतीयको मृत्यु

      सप्तरी / सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज जनाएको छ । सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुनेक्रममा टेम्पो दुर्घटना परेको थियो । दुर्घटनाका घाइतेको विभिन अस्पतालमा उपचार भैराखेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फाल्गुन ६, २०७६
    • ७६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved