Trending Tags

अपराध

    Showing १-१० of २,६६४ items.
  • घरायसी विवादको क्रममा गाईमाथि रिस पोखेपछि....

    धरान । गाई मारेको अभियोगमा मोरङ सुनवर्षी नगरपालिका–२ सुगाटोलमा एक युवालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । घरायसी विवादको क्रममा रिसको आवेगमा दाजुले भाइले पालन गर्दै आएको गाईमाथि हथौडा प्रहार गरी मारेका थिए । जुम्ल्याहा दाजुभाइमध्येका ३० वर्षीय दाजु भूपेन्द्र राईले ३० वर्षीय भाइ गजेन्द्र राईको गाई मारेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुई दाजुभाइबीच घरायसी विवादको क्रममा आक्रोसित भूपेन्द्रले हथौडा प्रहार गरेर १८ महिनाको गाई मारेका थिए । गाई मारेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले भूपेन्द्रलाई हथौडासहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जि

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • ११० पटक पढिएको
    • ब्लाष्ट खबर
  • सर्वोच्च अदालतद्वारा कृष्णदासलाई तारेखमा छाड्न अस्विकार

    धरान । बलात्कारको अभियोगमा थुनामा रहेका कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई तारेखमा छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको इजलासले शुक्रबार गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । सर्वोच्च अदालतको शुक्रबारको आदेशसँगै गिरी जिल्ला अदालतबाट मुद्दाको अन्तिम टुङ्गो लागुन्जेल थुनामा बस्नुपर्नेछ। थुनामा राख्न विराटनगर उच्च अदालतले गरेको आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सर्वोच्च अदालतले गत असोज २२ गते गिरीको मुद्दामा कैफियत’ प्रतिवेदन झिकाउन आदेश दिएको थियो । विराटनगर उच्च अदालतका मुख्य

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • २४३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विप्लव कार्यकर्ता पक्राउ

    धरान । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका खोटाङ पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा पक्राउ परेका छन् । शुक्रबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । शर्मा विरुद्ध उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट गरी फरार रहेको अभियोग थियो ।

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • १२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उर्लाबारीबाट ३ लाख भन्दा बढि नगदसहित ७ जुवाडे पक्राउ

    ब्लाष्टखबर  । मोरङको उर्लाबारी नगरपालिकाबाट जुवा तास खेलिरहेका अवस्थामा ७ जनालाई पुहरीले पक्राउ गरेकाे छ ।   पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका वडा नम्बर ९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु,  वडा नम्बर ८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, वडा नम्बर ३ का ४२ बर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिका-५ खोटाङका ६७ बर्षीय कुबिरमान तामाङ रहेका  जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।   उनिहरूलाई बिहिबार साझ वडा नम्बर ९ बाट ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे । पक्रा

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • १५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सेमानन्द हत्या प्रकरण : वडाअध्यक्ष यादवलाई ३ लाख धरौटिमा छोडन आदेश

    विराटनगर । हत्या मुद्दामा मुछिएका विराटनगर १४ का वडाअध्यक्ष बलदेव यादब धरौटिमा रिहा भएका छन् । मोरङ अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले यादवलाई बिहीबार तीन लाख रुपैयाँ धरौटिमा छोडन आदेश दिएका हुन् । विराटनगर महानगरपालिका– १४ का ५५ वर्षीय समानन्द यादवको हत्या आरोपमा ‘कर्तब्य ज्यान मुद्दाका’ प्रतिवादी वडाअध्यक्षलाई अदालतले धरौटिमा छोडन आदेश दिएपछि धरौटि रकम सोही दिन बुझाएर तारखेमा छुटेका छन् । कर्तब्य ज्यान मुद्दाका प्रतिवादी यादवल हत्या आरोप लागेपछि ढेडवर्षदेखि फरार थिए । प्रहरीको तिव्र खोजीमा रहेका यादव लामो समयदेखि भारतमा बसोवास गरेको कारणले उनी पक्राउ परेका थिएनन

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • ८६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बेल्टारमा कार्यरत प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    ब्लाष्टखबर । ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।   प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन उनिहरूद्वारा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै  १ नम्बर प्रदेश प्रहरीले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।   साेहि अनुरूप प्रहरी चौकी संक्रान्ति तेह्रथुम दरबन्दी भई इलाका प्रहरी कार्यालय बेलटार  कार्यरत प्रहरी जवान तामाङलाई उनले गरेकाे कार्यसम्पादनको मुल्याङकन गर्दै २०७७ सालकाे कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेकाे

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • २९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बिना दर्ताको औषधी तस्करी गर्ने यादब विरूद्ध म्याद थप

    विराटनगर/ बिना दर्ताको औषधी भारतदेखि तस्करी गरी भण्डारण गरिएको अवस्थामा प्रहरीले पक्राउ गरेको एक जनालाई औषधी व्यवस्था विभाग विराटनगरले अदालतमा म्याद थप गरेको छ । विराटनगर – १३ का ३६ वर्षीय नरेश यादवलाई बुधबार मोरङ अदालतमा पाँच दिनको म्याद थप गरी विभागले अनुसन्धान सुरू गरेको हो । पक्राउ परेका यादवलाई अदालतमा प्रतिबन्धित औषधीको पैठारी तथा ओसारपोसार मुद्दा म्याद थप गरी अनुसन्धान सुरू गरेको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेशी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिए । तस्करी गरी ल्याएको औषधी मोरङ प्रहरीको सिआरबी टोलीले विराटनगर – १३ स्थित नरेश यादवको घरमा भण्डारण गरी राखिएको अवस्था

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • १८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दोहोरो नागरिकता लिनेलाई वडाध्यक्षको रोहबरमा छाडियो

    ब्लाष्टखबर । किर्ते गरि दोहोरो नागरिकता लिएका सुनसरी इनरूवाका एक जनालाई प्रहरीले अनुसन्धान पूरा नगरि हाजिर जमानतमा छोडिदिएको छ । नेपाल र भारत दुवै देशको नागरिकता लिएको प्रमाण हुँदाहँुदै पनि सुनसरी प्रहरीले इनरुवा नगरपालिका – १ का ५२ वर्षिय रमेश कुमार शर्मालाई प्रशासनले बोलाएको बेला उपस्थित हुने गरि ‘हाजिर जमानत’ मा छोडेको हो । किर्ते गरि झुटा बिवरण पेश गरि नागरिकता लिएको उजुरी परेपछि सुनसरी प्रहरीले शर्मालाई गत आइतबार दिउँसो नियन्त्रणमा लिएको थियो । पहुँचवाला शर्मालाई सुनसरी प्रहरीले अनुसन्धान प्रक्रिया पूरा नगरि हाजिर जमानतमा नियन्त्रण गरेको दिन साँझ छोडिएको हो । पहँुचवाला

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • १७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानका युवा घरमा लुकाइएकाे लागुऔषध सहित पक्राउ

    धरान । धरान उपमहानगरपालिका–१५ गणतन्त्र मार्गबाट प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्ने ३३ बर्षीय रवि तामाङ (लामा) हुन् । आफ्नै घरको कोठामा लागुऔषध लुकाई राखेको र बिक्रीवितरण गर्ने गरेको सुचनाको आधारमा छापा मार्दा इलाका प्रहरी कार्यालय धरानको टोलिले उनलाई पक्राउ गरेर लागुऔषध बरामद गरेको हो । उनको कोठाबाट कार्टुनमा लुकाएको अवस्थामा डाइलेक्स डिसि १०० एमएलको १६ थान र एउटा खाली बोतल वरामद , स्पास्मोप्रोक्सिभन प्लस ८४ क्याप्सुल र नाइट्रोसन १० लेखिएको १४ ट्याब्लेट भएको प्रहरीले जनाएको छ । उनलाई लागुऔषध कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • २६० पटक पढिएको
    • ब्लाष्ट खबर
  • ४३० लिटर डिजेलसहित तीन पक्राउ

    धरान/भन्सार छली गरिएको ४३० लिटर डिजेलसहित तीन जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सुनसरी हरिनगरा गाउँपालिका–६ का २५ वर्षीय सत्रुधन साह, ३० वर्षीय नजाम खान र ५० वर्षीय अकवाल मियाँलाई पक्राउ गरेको हो । उनीहरूले डिजेल ल्याउन प्रयोग गरेका तीन थान मोटरसाइकल पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । उनीहरूले भन्सार छली गरी निकासी गरेको अवस्थामा ४३० लिटर डिजेल नियन्त्रणमा लिइएको हो । डिएसपी राईका अनुसार ३४ हजार ४ सय रुपैयाँ बराबरको डिजल नियन्त्रणमा लिइएको छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • ५९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved