इन्डोनेशियामा बन्धक नेपाली युवती यसरी घर फर्किइन्

alt
  • भदौ २६, २०७६
  • ३११ पटक पढिएको
  • ब्लाष्ट खबर

बीबीसी नेपाली/ म नेपाल फर्किएको केही दिन भइसकेको छ। तर म अहिले पनि इन्डोनेशियामा बन्धक नै छु जस्तो लागिरहेको छ। मलाई विश्वासै लागिरहेको छैन कि म अहिले नेपाल फर्किइसकेँ भनेर। मेरो जीउ अझै थरथर काँप्छ। म अहिले मनोवैज्ञानिक परामर्श पनि लिइरहेको छु। मेरो विदेश यात्राको कथा झन्डै एक वर्षअघि सुरु भएको थियो।

नेपालमा मेरा उमेरका धेरै साथीहरू विदेश गएर रमाएका तस्बिरहरू देख्दा मलाई पनि विदेश जान मन लाग्थ्यो। १२ कक्षासम्मको अध्ययन पूरा गरेपछि पढाइ रोकिएको थियो। मेरा धेरै साथीहरू अस्ट्रेलिया गइरहेको देखेर मलाई पनि त्यहाँ जान रहर लाग्यो।

म घरकी जेठी छोरी। अहिले २३ वर्षकी भएँ। घरमा आमा, बुवा र दुई भाइ छन्। घरको आर्थिक अवस्था कमजोर भएकोले मनमनै अस्ट्रेलियामा थप अध्ययन गर्ने र फुर्सदमा पैसा कमाउने योजना बुन्न थालेँ। काठमाण्डूमा सोधीखोजी गर्दा अस्ट्रेलिया लैजाने एक जना दाइ भेटिए।

'अस्ट्रेलिया यात्रा प्रारम्भ'
उनले पैसा धेरै नलाग्ने र जाने प्रक्रिया पनि छिटो हुने बताए। मेरो बुबा(आमा गाउँमा सामान्य खेतीकिसानी गर्नु हुन्छ। उहाँहरूसँग त्यति धेरै पैसा थिएन। जसोतसो ऋण खोज्ने कुरा भयो। हामीले घरजग्गा धितो राखेर एउटा ब्याङ्कबाट १६ लाख ५० हजार रुपैयाँ ऋण लियौँ।

सुरुमा अस्ट्रेलिया लैजाने ती दाइलाई डेढ लाख रुपैयाँ बुझाएँ। उनले 'सेटिङ्ग मिलाए' उडिहाल्ने योजना सुनाए। २०७५ साल मंसिर १२ गते म र एक जना नेपाली दाइ मलेशिया उड्यौँ। त्यहाँबाट हामीलाई (इन्डोनेशियाको राजधानी शहर) जाकार्ता पुर्‍याइयो। त्यहाँ हामीलाई लिन एकजना भारतीय दलाल आए। हामीलाई एउटा होटलमा लगेर राखियो।

त्यसपछि हाम्रो दुस्ख सुरु भयो। अस्ट्रेलिया उड्नको लागि भिसा बनाउन र 'सेटिङ्ग' मिलाउनका लागि थप पैसा चाहिन्छ भन्दै नेपालबाट थप पैसा मगाउन दवाब दिन थालियो। हामीले थप पैसा मगायौँ र बुझायौँ। तर अस्ट्रेलिया उड्ने दिन कहिल्यै आएन।

जाकार्ता र बालीमा बन्धक
जाकार्तामा कुरेर बस्दै गर्दा नेपालबाट अरू दाइहरू पनि आउन थाले। हामी १३-१४ जना भयौँ। सबैलाई कोठामा बन्धक जस्तै बनाएर राखियो तर काम केही भएन। हामी छटपटाउँन थाल्यौँ। खाने र पिउने बन्दोबस्त पनि भएन। कोठामा थुनेर राखियो।

हामीले थप पैसा बुझाए अस्ट्रेलिया जान सजिलो हुने भनियो। त्यसपछि हामीले फेरि पैसा मगायौँ र बुझायौँ। मैँले पटक पटक गरेर १६ लाखभन्दा बढी बुझाएँ। तर अस्ट्रेलिया जाने दिन कहिल्यै आएन। त्यसपछि हामीलाई बाली पुगेर त्यहाँबाट अस्ट्रेलिया जान सजिलो हुन्छ भनियो।

दुई दिनको ट्याक्सी यात्रापछि हामी बाली पुग्यौँ। त्यहाँ पनि एउटा होटलमा राखियो। जहाँ खान पकाउन मिल्ने सुविधा थियो। तर हामीलाई राम्ररी खान पनि दिइएन। म रोएर बस्थे। नेपाली दाइहरुले नै खाना खोजेर ल्याइदिन्थे।

९बालीमा संसारभरिबाट मानिसहरु घुम्न जान्छन्।० हामीलाई कतै घुम्न जान पनि दिइएन। त्यहाँ पनि दिन बित्दै गयो। तर केही भएन। दाइहरूलाई क्यानडा पठाइदिने भनिएको रहेछ। तर केही भएन।

बालीमा एक महिना जति राखेपछि हामीलाई फेरि जाकार्ता फिर्ता लगियो। त्यतिबेला हामीले अस्ट्रेलिया जान मिल्छ भन्ने आशा पूरै त्याग्यौँ। हामीलाई नेपाल फर्किने व्यवस्था मिलाइदिन दलाललाई आग्रह गर्‍यौँ।

तर तोकिएको भन्दा लामो समय इन्डोनेशिया बसेर ुओभरस्टेु भएको भन्दै हामीलाई प्रहरीले पक्रिएर जेल हाल्न सक्छ भन्दै तर्साइयो। उम्कनका लागि हामीले लाखौँ रुपैयाँ जरिवाना तिर्नु पर्ने भनियो।

यौन शोषण गर्ने प्रयास
हामीलाई जाकार्ता शहरको एउटा कोठामा फेरि बन्धक बनाएर राखियो। पैसा मगाइदिन्छु नेपाल फर्काइदेउ भन्दा दलालले अर्को कोठामा लगेर मलाई यौन शोषण गर्ने प्रयास पनि गर्‍यो।

तर नेपाली दाइहरूले मलाई बचाउनु भयो। त्यसपछि म साह्रै विक्षिप्त र दुस्खी भएँ। रोएर दिन र रात बिताउन थाले। कति दिन त आत्महत्या गर्ने सोच पनि बनाएँ। तर नेपाली दाइहरूले आड भरोसा दिइरहनु भयो।

दलालले हाम्रो पासपोर्ट र मोबाइल फोन पनि खोसेर राखेका थिए। ऊ त पैसाको लागि जति पनि गिर्नसक्दो रहेछ। पैसाको लागि जे पनि गर्न तयार हुने रहेछ।

मैले एउटा मोबाइल फोन आफैँ लुकाएर राखेको थिएँ। एक दिन कुनै उपाय निकालेर त्यसबाटै नेपालमा रहेका एक समाजसेवी दाइ र भाउजुसँग सम्पर्क गरेँ र आफ्नो समस्या बताएँ। उहाँहरूले मलाई नेपाल फिर्ता लैजाने आश्वासन दिनु भयो। त्यसपछि म केही आशावादी भएँ।

नेपालबाट सहयोगी हात
भित्रभित्रै कुरा मिलाएर उहाँ मलाई उद्धार गर्न एक दिन जाकार्ता आउनु भयो। रकम तिरेर मलाई फिर्ता लैजाने भन्दै दलाललाई भेट्नु भयो। उहाँहरूले जाकार्तामा धेरै हैरानी खेप्नु पर्‍यो र धेरै खर्च गर्नु भयो। भित्रभित्रै कुरा मिलाएर धेरै जनाको सहयोग लिएर उहाँले जाकार्तामा हामीलाई फर्काउन कागजपत्र बनाउनु भएछ।

उनले नै (ती भारतीय दलालसहित) हामी सबैजनालाई भदौको पहिलो साता नेपाल ल्याउनु भयो। (लगत्तै भारतीय दलाल र उनका सहयोगी पनि पक्राउ परेका छन्।) अहिले म न्यायको पर्खाइमा छु। मेरो खेर गएको रकम फिर्ता पाउने आशामा छु।

युवायुवतीलाई सन्देश
म जे जस्तो भोगेँ त्यो त मलाई नै थाहा छ। मैले आत्महत्या गरेको भए मेरो जीवन मेटिन सक्थ्यो तर मेरो घर परिवारले समेत निकै दुस्ख पाउन सक्थे। तर म आज बाँचेकी छु।

नेपालबाट पैसा कमाउन भन्दै विदेश जान चाहने म जस्तै युवालाई मेरो सन्देश एउटै छस् तपाईँहरू विदेश जाँदै हुनुहुन्छ भने वैध र कानुनी बाटोबाट मात्र जानुहोस्। इजाजतप्राप्त कम्पनीको मात्र भर पर्नुहोस्। सबै कागजपत्र र बिल भर्पाई लिनुहोस्। अर्को देशमा ट्रान्जिटमा गएर कुरेर फेरि त्यहाँबाट पछि जाने भन्ने जस्तामा जाल वा पासोमा नपर्नुहोस्।

 

पथरी क्षेत्रमा लागूऔ ...

पथरी / इलाका प्रहरी कार्यालय पथरीको क्षेत्रमा लागूऔषध क ...

आजको राशिफल, कात्तिक ...

श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ स ...

एनसेले बाढ्यो ल्यापट ...

बिराटनगर /  एनसेल प्राईभेट लिमिटेडले हाल संचा ...

प्रदेश सरकारको बजेटल ...

धरान । धरानको मुख्य वजार कोशी राजमार्ग अन्तर्गत पर्छ । ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved