धनकुटा । धनकुटा नगारपालिकालाई पर्यटकीय नगरको रुपमा विकास गर्न सहयोग गर्ने उद्येश्यले शुक्रवार धनकुटा वजारका प्रत्येक घरलाई गमला वितरण गरीएको छ ।

धनकुटा नगरपालिकाको सहयोगमा मिसन मुस्कान पर्यटन प्रर्बद्धन केन्द्र धनकुटाले गत साल धुपीको विरुवा वितरण गरेको थियो भने यो वर्ष प्रत्येक घरलाई सिमेन्टको गमला वितरण गरेको हो । यस अभियान अन्तरगत धनकुटा बजारको मदन चोक देखि भिमनारायण चोक सम्मका प्रत्येक घरलाई गमला वितरण गरीएको केन्द्रकी अध्यक्ष कुसुम रानाले बताए । धनकुटाको पर्यटन प्रबद्र्धन गर्न, बजारको सुन्दरता कायम राख्न, धनकुटा आउने पर्यटकलाई स्वगत गर्ने उद्येश्यले गमला वितरण गरीएको अध्यक्ष रानाले बताए । यो अभियानलाई कुसुम सिपविकास प्रशिक्षण केन्द्र, उद्यमी महिला बचत तथा रीन सहकारी सस्थाले साथ दिइरहेको उनले बताए ।

सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएको यस मिसन मुस्कान संस्थाले गत साल धनकुटा बजारमा ७ सय धुपीका विरुवा विरण गरेको थियो । संस्थाले बेलाबेलामा विभिन्न सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।