मोरङ । मोरङको  बिराटनगर महानगरपालिका-८ स्वागतम चोकमा नक्कली प्रहरी बनेर घर भित्र प्रवेश गर्ने १ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राती मोटरसाईकलमा आएका ३ जना अपरिचित व्यक्तिहरु सोही स्थान बस्ने सिंगेश्वर यादवको घरमा प्रवेश गरी हामी सादा पोशाकका प्रहरी हौ तपाईको घर खानतलासी गर्नु छ भनेर घर भित्र प्रवेश गरे पश्चात घर धनीले प्रहरीमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउना साथ तत्काल वडा प्रहरी कार्यालय हाटखोलाबाट प्रहरीको टोली खटी गई ३ जना मध्ये जहदा गाउँपालिका-६ बस्ने बर्ष २५ को सीमान्त करदार (मण्डल) लाई पक्राउ गरेको हो । अन्य २ जना फरार भएका थिए । उनीहरुले प्रयोग गरेको को ३७ प ४४७२ नम्बरको मोटरसाईकलसमेत प्रहरीले बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।