ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङमा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना भने गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा इलामको देउमाई नगरपालिका वडा नं १ की २२ वर्षिय सृजना गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।
गम्भिर घाइते भएका चालक पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङ निवासी २६ वर्षीय अमिर वर्देवाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र रेफर गरिएको छ ।
फुङलिङ बजारस्थित तमोर एफएम छेउवाट मेचि राजमार्ग तर्फ जाने क्रममा ना२१प ५६२८ को मोटरसाइकल सडकबाट मेचि राजमार्गमा खसेर दुर्घटना भएको हो । मृतक गुरुङ सिचाई डिभिजन कार्यालय ताप्लेजुङकी सामाजिक परिचालक हुन् भने वर्देवा नृत्य प्रशिक्षक हुन् । तिव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संञ्जयसिंह थापाले बताए ।