दमक / नेपाल शिक्षक महासंघको आन्दोलनलाई एक्युबद्धता जनाउदै झापा शिबसताक्षीका शिक्षकहरुले पनि धर्ना तथा बिरोधको कार्यक्रम गरेका छन । सामुदायिक बिद्यालयका शिक्षकहरुले शक्रबार नगरपालिकाको कार्यालयमा धर्ना तथा बिरोधको कार्यक्रम गरेका हुन । शिक्षकको पेसागत हितका लागी बिभिन्न २६ वटा माग राखेर यस अघि बुझाएको ज्ञापनपत्रको कुनै सुनुवाई नभए पछि बाध्य भएर देशका सबै स्थानीय तहहरुमा चराणबद्ध बिरोधको कार्यक्रम शुरु गरिएको नेपाल शिक्षक महासंघ शिबसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्कीले बताए । नगरपाकिाको प्राङ्गणमा धर्ना तथा बिरोध गरेका शिक्षकहरुले नगरपालिकालाई माग पुरा नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । शिबसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले शिक्षकहरुको मागको बिषयमा सरकारबाट ठोस निर्णय भए पछि नगरपालिकाले पनि सम्बोधन गर्ने बताईन् । शिक्षक महासंघले असोज २१ गते देखि आन्दोलनको कार्यक्रम नै सार्बजानिक गरेर बिभिन्न बिरोध कार्यक्रम गर्दै आएको जनाएको छ । शिबसताक्षीमा ३५ सामुदायीक बिद्यालयका ३६१ शिक्षक ,६२ बाल शिक्षक र ४७ बिद्यालय कर्मचारी रहेका छन ।