धरान / चर्चित गायन रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करणमा टप २० बाट बाहिरिएका मोरङ, गछियाका मिलन परियारले धरानमा पहिलोपटक सांगीतिक प्रस्तुति दिने भएका छन् । यहि कार्तिक १६ गते शुक्रबारको साँझ धरान ९ पुतलीलाइनस्थित फ्रेन्ड्स गार्डेन लाउञ्ज एन्ड बारमा मिलनले सांगीतिक प्रस्तुति दिने छन् । नेपाल आइडलको दोस्रो संस्करणमा धरान अडिसनबाट बाहिरिएपछि उनी पुनः काठमाडौं अडिसनबाट छनौट भएका थिए । आइडलमा राम्रो प्रस्तुति दिएर चर्चा कमाएका उनी क्यारिकेचरमा पनि खप्पिस छन् । टप २०बाट बाहिरिएका मिलन वाइल्ड कार्डका लागि समेत छानिएका थिए । धरानमा प्रस्तुति दिन लागेका मिलन भन्छन् ‘धरानमा पहिलोपटक गाउन लाग्दा उत्साहित छु । धरानवासीलाई नचाउने र हँसाउने छु ।’ नेपाल आइडलकै टप १०सम्म पुगेकी इटहरीकी जेस्मी लिम्बूले पनि फ्रेन्ड्स गार्डेनमै भाइटिकाको अधिल्लो दिन कार्तिक २२ गते गाउने भएकी छिन् । आइडलको धरान अडिसनबाट छानिएकी जेस्मि टप ६० बाट बाहिरिएकी थिईन् तर उनी वाइल्डकार्ड मार्फत पुनः नेपाल आइडलमा पुगिन् र टप १० बाट बाहिरिईन् । दैनिक विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको फ्रेन्ड्स गार्डेनले आफ्ना ग्राहकहरुलाई विभिन्न मनोरञ्जन दिनका लागि फरक फरक प्रस्तुति दिने फ्रेन्ड्स गार्डेनका म्यानेजर रोशन प्रधान बताउँछन् । भन्छन् ‘ग्राहकहरुलाई रमाईलो गराउन अझै योजना ल्याउँदै छौं ।’