संखुवासभा /  संखुवासभा प्रहरीले  ६ जना जुवाडे पक्राउ परेका छन् । आइतबार खाँदबारी नगरपालिका ३ बाट कौडा र नगद सहित ६ जना जुवाडे पक्राउ परेको हाे ।
पक्राउ पर्नेहरुमा खाँदबारी नगरपालिका ३ बस्ने ऋषि खनाल,सुमन कुमार गुरुङ,जयन्द्र राई,टेकराज घिमिरे,उमेश घिमिरे मकालु गाउँपालिका वडा नम्बर ३ का किशोर राई रहेका छन । जुवा खेलीरहेको अवस्थामा उनीहरुको साथबाट १६ थान कौडा नगद ४० हजार १ सय ९६ रुपैंया नगद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यलय खादवारीले जनाएकाे छ ।