पथरी/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पथरीशनिश्चरे नगर अध्यक्षमा उपेन्द्र कडेल निर्वाचित भएका छन् ।

१२ मत प्राप्त गर्दै कडेल अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी अध्यक्षको प्रतिद्धन्दी मनरथ खरेलले ५ मत ल्याएका थिए ।  शनिबार साँझ सम्म सहमती नभएपछि निर्वाचन प्रक्रियाबाट समिति छनौट भएको थियो ।

त्यसैगरी सचिवमा सुरेन्द्र लिम्बूले १३ मत ल्याउदैँ निर्वाचित भएका थिए । सचिवका प्रतिद्धन्दी सुजन बास्तोलाले ४ मत ल्याएका थिए । त्यसैगरी सदस्यहरुमा सर्वलाल राईले १३ मत,खड्ग श्रेष्ठले १५ मत र खगेन पुलामी मगरले १३ मत ल्याई निर्वाचित भएका छन् ।

कार्यसमितिका कोषाअध्यक्ष लिल बहादुर कार्की र सदस्य शान्तिदेवी राई निर्विरोध निर्वाचित भएका थिए । २ वर्षे कार्यकाल रहेको कार्यसमिति ४ महिना अघि तदर्थ समिति गठन भएको थियो ।

पथरीशनिश्चरे नगरभित्र प्याव्सनमा १७ वटा संस्थागत विद्यालय आवद्ध छन् ।

निर्वाचन प्रक्रियामा प्रत्येक विद्यालयको १ जना प्रतिनिधिले भोट हाल्ने व्यवस्था गरिएको निर्वाचन संयोजक लेखनाथ भट्टराईले बताए ।