धरान/तपाईले दात माझ्ने पेष्ट (मञ्जन) कत्तिको गुणस्तरिय छ ?एक पटक अध्ययन गर्नुहोस् । बजारमा विक्रिका लागि राखिएका ब्राण्डेड भनिएका केही मञ्जन गुणस्तरहिन मात्र हैन किरापनि भेटिन थालेको छ ।

केही दिन अगाडी इनरुवाकी सरिता कार्किे किनेको कोलगेट मञ्जनमा किरा भेटिएको छ ।सतप्रतिसत सुद्ध भनिएको पेस्टमा किरा भेटिएपनि मानब स्वास्थ्य सँग प्रतक्ष्य सरोकार राख्ने यस्ता सामाग्रिको प्रयोगमा ध्यान पुर्याउनु पर्ने भएको छ ।

भारतीय कम्पनीको नयाँ प्याकको कोलगेटमा किरा भेटिएको हो । ‘मैले पसलबाट किनेर ल्याएर प्रयोग गर्न लाग्दा किरा भेटियो’कार्किले भनिन्‘यो त हदै सम्मको खेलवाड हो ,प्रसाशनले छानविन गरेर यसका सम्बन्धित पक्षलाई कारबाही गर्नु पर्छ ।’उनले भनिन् ।