उतरपुर्वी मोरङमा अवस्थित मिक्लाजङ गाँउपालिका सुगम जिल्लाको अति दुर्गम र बिकट गाउँपालिका हो। साबिक मधुमल्लाको १ देखि ६ वडा, साबिक सिङ्गो टाँडी र रमितेखोला गा बि स तथा जाँते गा बि स को वडा नम्बर ३ र ४ लाइ समायोजन गरी मिक्लाजङ गाँउपालिका कायम गरीएको हो । चार जिल्ला संग सिमाना जोडिएको यस गाउँपालिकाको क्षेत्रफल १ सय ५९ बर्ग किलोमिटर र जनसंख्या २८ हजार ७ सय ८ रहेको छ । सुगम जिल्लाको अति दुर्गम र बिकट गाउँपालिका लागी आगामी आ.ब ०७५/०७६ का लागि २२ करोड ६५ लाख रकम विनियोजन भएको छ । गाउँपालिका यिनै बिषय जोडिएर गाउँपालिकाका अध्यक्ष देवी प्रसाद आचार्य संग  संवाददाता केशव खड्काले  गरेकाे  कुराकानी –

आगामी नीति तथा कार्यक्रम साथै कस्तो आकारको बजेट बनाउदै हुनुहुन्छ

- एउटा जिल्ला जत्रो हाम्रो गाँउपालिका छ भनेजस्तो बजेट पुर्याउनत सकिन्न र पनि गाउँपालिका बासी मैत्री निति कार्यक्रम र स्थानिय श्रोत,सँघ र प्रदेशको अनुदान समेत मिलाएको आकारको बजेट बनाँईदै छ ।

यो गाँउपालिकाको पा्रथमिकतामा के के राख्नु भएको छ ?

- भौगोलिक बिकटता र धेरै खोला नालाहरु रहेको यस गाँउलिकामा हामिले शिक्षा , स्वास्थ्य र वसोवास संरक्षण लाई प्रथमिकता राखीएको छ र साथसाथै अवस्यकता बडाउदै लानेछौ ।

आन्तिरिक आय वृद्धिका लागि कस्ता कार्यक्रम ल्याउन लाग्नुभएको छ ?

- धेरै खोला नाला , वनजंगलहरु रहेको यस गाँउलिकामा पा्रकतिक श्रोतको व्यवस्थापन वाट आउने कर,एकीकृत सम्पतिकर,अव्यवस्थीत वसोवास,व्यवस्थापनबाट आउने कर, हाटवजार ठेकाबाट र निकासी हुने वस्तुबाट हुने आन्तिरिक आय वृद्धिका लागि कार्यक्रम ल्याऐका छौ।

वर्षेनी गाँउपालिकाका दुईवटा खोला बक्रहा र नुनसरीले बर्खाको समयमा विस्थापित गर्ने गरेको छ त्यसको अचित व्यवस्थापनको लागि कस्तो योजना ल्याउनु हुदैछ ?

- पक्कैपनि गाँउपालिकाका दुईवटा ठुला खोला बक्रहा ( नुनसरी)र मावाले र अन्य मिक्लाजुङमा रहेका सबै खोलाहरुबाट बर्षेनि जनधन,खेतियोग्य जमिनको कटान तथा बस्तिमा हुने क्षतीलाई न्युनिकरण गर्न र त्यसको अचित व्यवस्थापनको लागि संघ,प्रदेश र गाँउपालिका निरन्तर रुपमा तटबन्धनका कार्यमा लागि पर्ने र त्यसको अचित व्यवस्थापनको लागि जुटि रहेका छौ।

यहाँका पर्यटकीय क्षेत्रमा यो पटक कति बजेट विनियोजन गर्ने सोचमा हुनुहुन्छ ?

- हुनत हाम्रो मिक्लाजुङ गाउँपालिकामा नेपालको पाहिने हावा,पानि, मौसम पाहिन्छ। र मोरङकै सबैभन्दा अग्लो पहाड मिक्लाजुङ डाँडा हामि संगछ जहाँबाट ईलाम ,मोरङ , झापा , सुनसरी लगायतका दर्जन भन्दा बडी जिल्लाहरु देख्न सकिन्छ। त्यस्तै गरेर चुलिपोखरी , कुहिनेटार, बेतेनि सिमसार, नेसेलुङ झरना जस्ता दर्जन भन्दा बडि पर्यटकिय क्षेत्रहरु हमि संग छन्। कृषि पर्यटन हामो्र वजेटले भ्याएसम्म विनियोजन गरेका छौ ।

बजेटको प्रमुख प्राथमिकतामा कुन कुन क्षेत्र छन् ?

- सर्वप्रथमत एउटा जिल्ला जत्रो हाम्रो गाँउपालिका छ अगिनैमैले भनिसके र यत्रो बढो क्षेत्रमा प्राथमिकतामा सबैक्षेत्र छन । तिमध्ये शिक्षा, स्वास्थ्य, बालबालिका, कृषि पर्यटन, सडक पुलपुलेसालाई प्रमुख प्राथमिकताका रुपमा राखिएको छ ।

उदाउदो नगर भएका हिसावले यहाँ सबैभन्दा वढी सडक ,विद्युत ,खानेपानीमा वढी लगानि गर्नु पर्ने देखिएको छ यसलाई कसरी बजेटमा समायोजन गरिरहनु भएको छ ?

- यसक्षेत्रलाई भुगोलले साथ नदिएको अवस्था छ। भैगोलिक बिकटता पहाड र खोलानालाले ढाकेका वडाहरु छन् । काम गर्न अलि असहजिलो छ केहि योजनाहरु पनि चलिरहेको अवस्था छ । तरपनि क्रमिकरुपले व्यवस्थापन गर्दै जाने सोच छ ।

कर्मचारी अभावमा निति तथा कार्यक्रम ल्याउन कतिको कठिनाई भइरहेको छ

- हिजोका दिनहरु जनप्रतिनिधी बिहीन भएको अवस्थामा सिमित कर्मचारीले स्थानीय तह अफ्नै तरीकाले चलका थिए । अहिले आएर तिनै कर्मचारी संग ठुलो भुगोल तथा वडाहरुमा फरक निति निर्देसन अनुसार काम गर्न र सेवाग्राहीलाई सेवादिन कठिन भएको अवस्था छ ।

गा.पा बासीहरुलाई के भन्न चाहानु हुन्छ ?

- सम्पुर्ण मिक्लाजुङवासी जनसमुदायलाई सबैसंग समन्वय र समझदारी गदै हाम्रो श्रोतले भ्याएसंम जनताका आवश्यकता परिपुर्ति गर्दै जाने सोच भएको हुदा धैर्यताका साथ कार्यमा सहभागी भै दिन अनुरोध गर्द छु । क्षमता,बिवेक र समयले भ्याएसम्म जनताका सेवामा लगनशील हुनेछु ।