रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ । विपक्षी दलका नेतासमेत रहेका नाभाल्नीलाई अदालतले सोमबार जेल सजायको फैसला सुनाएको हो । समाचार अनुसार यसै वर्षको शुरुमा उनको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले उनलाई ३० दिनको जेल सजाय तोकेको हो ।

नाल्भानी मंगलबार अर्को राजनीतिक र्याली गर्ने तयारीमा थिए । तर अगावै अदालतले उनीमाथि जेल सजाएको फैसला सुनाएको छ । टीभेर्सको जिल्ला अदालतका न्यायाधीश एलेक्सै स्टेक्लीयभले नाभाल्नीबाट पटकपटक रुसको कानूनको उलङ्घन भएकाले जेल सजाय दिनु परेको बताएका छन् ।

जेल सजाय सुनाइएका नाभाल्नीलाई उनको मस्कोस्थित निवासबाट नियन्त्रणमा लिएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । एजेन्सी