यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाले बजार अनुगनम गरेको छ । यसअघि जिल्ला प्रसाशन कार्यालय पाँचथरले बजार अनुगमन गर्दै आएको थियो । स्थानीयतहमा जनप्रतिनिधि निर्वाचित भएपछि भने बजारको नियमनकारी निकाय गाउँपालिका नै हुने भएकाले बजार अनुगमन सुरु भएको हो । यासोक बजारमा आज गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ सहितको जनप्रतिनिधिको टोलिले बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा व्यावसायीले अन्तसुल्क इजाजत बिनानै व्यावसाय गरेको, मूल्यसुचि, दर्ता र नविकरण नगरी व्यावसाय संचालन गरेको फेला परेको अनुगमनमा संलग्न प्रमुख प्रसाशकीय अधिकृत कोमलप्रसाद भट्टराईले बताए । बजारमा खाद्य र अखाद्य बस्तु तथा पेयपदार्थ म्याद नागेको सामाग्री फेला परेको भन्दै यसलाई नियन्त्रण गर्न कार्यालयले व्यावसायीहरुलाई सल्लाह सुझाव दिएको भट्टराइले बताए ।

कुम्मायक गाउँपालिकामा मात्रै २ सय ६५ वटा उधोग व्यावसायहरु उधोग बाणिज्य संघ यासोकमा दर्ताभई संचालनमा छन् । तिमध्ये पनि कतिपय व्यावसायीहरुले साइनबोड, मूल्यसुची र पानविल प्रयोग नै नगरी ब्यावसाय संचालन गरेको पाईएको भन्दै त्यस्ता व्यावसाहीलाई करको दायरामा ल्याउन पहल गर्ने गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । उनले म्याद नागेका पेय र खाद्यबस्तु तत्काल व्यावस्थान गरि अनिवार्य व्यावसाय दर्ता गरि संचालन गर्न व्यावसायीलाई निर्देशन समेत दिएका छन । पहिलो पटको अनुगमनमा व्यावसायीलाई सल्लाह सुझाव मात्रै दिएको र दास्रो पटको अनुगमनमा पनि यस्तै कमीकम्जोरी फेला परे कारबाही प्रकृया अघिबढाउने चेम्जोङले बताए । कार्यालयले प्रतेक महिनामा बजार अनुगमन गर्ने यसअघि नै निणय गरिसकेको छ । कुम्मायक गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को लागि २५ लाख रुपयाँ राजश्व संकलन गर्ने महत्वकाङक्षी लक्ष्य लिएको छ । लक्ष्य अनुसार ब्यावसायीलाई करको दायरामा ल्याउन पहल गर्दै आएको छ ।