[caption id="attachment_87129" align="alignleft" width="300"] फायलफोटो[/caption]

पथरी /मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ बाट स्वास्थ्यमा प्रतिकुल असर पार्ने चौपाया पाल्न नपाइने भएको छ । नगरको वडा नम्बर १ स्थित पथरी बजार(घनाबस्ती भित्र)मा हालसम्म पनि स्वास्थ्यमा प्रतिकुल असर पार्ने बंगुर लगायतको चौपाय पाल्ने क्रम नरोकिए पछि यस्तो निर्णय गरेको हो । यो सँगै अव्यवस्थित सेफ्टी ट्याङ्की व्यवस्थित हुने भएको छ । पथरीको मुन्दुम चौक र विशाल चौकबीचमा पर्ने किरात मार्ग आसपासमा बंगुर लगायतको चौपाय पाल्ने र शौचालयको सेफ्टी ट्याङ्की पथरी पैनीमा लगाउदै आएकोले दुर्गन्ध रोकिएको छैन । घनाबस्ती भित्रै दुर्गन्धहुदै आएपछि किरात मार्ग र पथरी पैनीका उपभोक्ताहरूले नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए ।

स्थानीयहरुले नगरपालिकामा पैनीमा सिर्दै जडान गरिएको शौचालयको सेफ्टी ट्याक्कीको पाइप बन्द गरिनुपर्ने, चौपाया बस्तीबाट हटाइनु पर्ने, पैनीको अतिक्रमित जमिन छाडिनु पर्ने र फोहर मैला पैनीमा लगाउन बन्द गरिनु पर्ने माग पत्र सहित उजुरी दिएका थिए । सोमबार न्यायिक समितिको संयोजक तथा नगर उपप्रमुख यमुना विष्ट, वडा अध्यक्ष बाबुराम एङ्देन, पथरी पैनीका अध्यक्ष प्रेमबहादुर कार्की, सचिव केशव दाहाल, किरात मार्गका अर्जुन राई, पुष्प लामा, टेकेन्द्र लिम्बू, याम सुब्बा, सेप्टी ट्यङ्की अव्यबस्थित गर्दै आएका मध्ये मब देवान, तिलकसिंह लिम्बू, संजीव लिम्बू, जहरमान थलङ, ज्ञानु तामाङ लगायत छलफलमा सहभागी हुदै यस्तो निर्णय गरेको थिए ।

छलफलले सेप्टी ट्याङ्की तुरुन्त व्यवस्थित गर्ने, पैनीमा फोहर मैला नफाल्ने र चौपाया बस्ति भित्र नपाल्ने सहमति भएको छ । सहमतिलाई कार्यान्वयन नभएर नरपालिकाले कारबाही थाल्ने वडा अध्यक्ष बाबुराम एङ्देनले बताए । पैनि र किरात मार्गको जग्गा अतिक्रमण गरेर घर टहरा बनाएको बिषयमा भने न्यायिक समितिको संयोजक यमुना बिष्टको टोलीले अनुगमन गरेर अतिक्रमित जग्गामा बनाइएका घरटहरा उठाइने सहमति भएको छ ।