मधुमल्ला ब्लाष्ट । पुर्वकै पुरानो बजारको रुपमा परिचत मधुमल्ला बाजारको उचित व्यवस्थापन नहुँदा दिनानु दिन अव्यवस्थित तथा बजारको समेत बिस्थापन हुन थालेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको सार्वजनिक रुपम साप्ताहिक बजार लाग्ने टहरा लाईन हप्तामा एक दिन बाहेक अन्य छ दिन स्थानिय बासीको बाख्रा, सुङ्गुर, हाँस कुखुरा र चौपायको बासस्थानको रुपमा परिणत हुदै गएकाले यो समस्या उत्पन्न भएको हो । यतिमात्र नभएर गरिब असाहायहरुको बास स्थान र व्याक्तिगत रुपमा समेत व्यवसाय, बासस्थानको रुपमा संचालन हुँदै आउँदा समेत नियमन गर्ने निकाय भने उपयुक्त कदम चाल्न नसकेको देखिन्छ । करिब १० कठा क्षेत्रफलमा फैलिएर रहेको सो स्थानमा साविक मधुमल्ला गा.वि.स. रहँदा २०५६/०५७ मा १३ लाखको लागतमा तत्कालीन गा.वि.स अध्यक्ष काशिनाथ पौडेलको पालामा निर्माण भएको थियो । स्थानिय चुनबका बेलमा राजनैतिक दलहरुले मधुमल्ला बजारलाई नमुना बजार बनाउने भने पनी सो काम नभएर हाल सो क्षेत्र स्थानयीहरुको फोहोर मैला व्यवस्थापनको मुख्य केन्द्र बन्न पुगेको छ । ति टहरा हरुमा आफन्त बिहिन ७५ बर्षिय पुजारी वृद्ध नरनाथ बांस्तोला, अन्दाजी ६५ एक महिला वृद्ध र एक घर परिवार साथै एक चिया पसल संचालनमा रहको छ । सो चिया पसल सो स्थानमा विगत १७ बर्ष देखी संचालनमा रहेको छ । साथै मधुमल्ला बजार क्षेत्रको कहलिएको मिठो चिया पाउने पशलको रुपमा परिचित छ । सो स्थानलाई व्यवस्थित गरी राम्रो प्रकारको व्ययवसाय संचालन हुने र यस बाट गाउँपालिका , वडा कार्यालय र व्यवसायिलाई समेत फाइदा हुने बताउनु हुन्छ यस क्षेत्रका व्यवसायी सइन कुमार श्रेष्ठ । उक्त स्थान हाल मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा पर्छ वडाध्यक्ष शुशिलराज चौहानले सो स्थानको व्यवस्थापनको लागि आफ्नो नमुना योजान सहितको प्रतिवेदन गाउँपालिकामा पेश गरेको र सो उपर गाउँपालिका बाट कुनै सुनवाई नभएको बताउनु भयो । यस बिषयमा गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले गत बर्ष बजेट अभावका कारण उक्त कार्य अगाडी बढाउन नसकिएको र यस ०७५÷०७६ को बार्षिक कार्यक्रममा यसलाई प्राथमिकतामा राख्ने बतउनु भयो । सो कार्यृलाई प्रभावकारी बनाउन स्थानीय व्यापारी , व्यापार प्रवन्ध समिति मिक्लाजुङ संग गाउँपालिका, वडा कार्यालयले समन्वय गरी कार्यक्रम अगाडी बढउने अचार्यले बताउनु भयो ।