‘जनचासोका बिषय प्राथमिकतामा छन्’

पुर्वी नेपालको प्रमुख ब्यापारिक केन्द्र मध्येको बिर्तामोड नगरपालिका पछिल्लो समयमा उद्योग र कृषिक्षेत्रमा पनि आफ्नो परिचय बनाउने क्रममा रहेको छ । नगरपालिकाको सम्भावना रहँदा रहँदै पनि २०७३ सालमा मात्र यस शहरले नगरको रुप धारण गर्न सकेको थियो । अर्जुनधारा, कनकाई, मेचिनगर र भद्रपुर नगरपालिकाको बिचमा रहेको यस नगरपालिका साविक अनारमनी, चारपाने र गरामनी गाविस मिलेर निर्माण भएको हो । बिर्तामोडको मुख्य आम्दानीको स्रोत भनेको यहाँको ब्यापारिक प्रतिष्ठान नै हो । बिर्तामोडको बिकास तथा त्यसका सम्भावनाहरुको सेरोफेरोमा रहेर बिर्तामोडका मेयर ध्रुबकुमार शिवाकोटीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

बिर्तामोड नगरपालिकाका जनप्रतिनिधीहरु ब्यस्तता के मा रहेको छ ?
हामी नगरपालिकाको तिब्र बिकासमा सक्रिय छौं । अहिलेका खास गतिविधी के छ भने, भद्रपुरोडको ठेक्का लागि सकेको छ । त्यसको चै एग्रिमेन्ट भइसकेको अवस्था रहेको छ । भद्रपुर रोडका लागि मन्त्रालयबाट ३६ करोड विनियोजन भएको थियो । कति के मा ठेक्का लागेको हो भनने हामीलाई अहिले जानकारी छैन । सडक बिभाग काठमाण्डौबाट ठेक्का लागेको हुनाले हामीलाइ त्यो थाह हुन सकेको छैन । अर्काे चै ६ करोड ३८ लाख रुपैयाँमा यो बाइपास रोड भनेर शहिद राम मार्ग पनि ठेक्का लागि सकेको छ । भद्रपुररोड चै १८ महिनामा सम्पन्न हुने गरी ठेक्का लागेको हो । हामीले अहिलेसम्म ३०,३२ ठाँउमा पुलहरु बनाएका छौ । कुनै पुलहरु स्ल्याप हाली सकेको अवस्था छ । कुनै अधुरा छन् । अब १५ दिन भित्रमा सम्पन्न हुन लागेका छन् । र हामीले लगभग ठुला ३० फिटे र ४० फिटे ४२ वटा बाटाहरुको स्तरोन्नती गरेका छौ । बाटाहरु फराकिलो बनाउने काम हामीले गरेका छौ । र त्यो बाटाहरु अहिले धमाधम बनिरेहेको अवस्था छ । हाम्रो आफ्नै नगरपालिकाको उपकरण बाट चै ट्रिपर जान नसक्ने ठाँउमा ट्याक्टरबाट बाटोरु स्तरोन्नती गरिरहेको अवस्था छ ।
५ बर्षभित्रमा कुनै दिर्घकालिन महत्वको पुर्वाधार तयार गर्न सकिन्छ ?
अवस्य सकिन्छ । यो जुन पञ्चायत प्रशिक्षण केन्द्रको ५५ बिगाहा जमिन छ । त्यो ५५ बिगाहा जमिन चै हामीले बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गराइकन यसमा चै हामीले ठुलो एउटा चै खेलकुदको एकाडेमी, एशियन गेम गर्न मिल्ने एउटा स्टेडियम बनाउनलाई हामी अगाडी बढेका छौ । क्रिकेट मैदान अनि नगरपालिका, मठ मन्दिर, धार्मिक स्थलको बिकास गर्ने र एउटा चै बिर्तामोडमा सभा सम्मेलन गर्ने ठाँउ नभएको हुँदा सभा सम्मेलन पनि गर्ने गरीको एउटा ठुलो सभाहल निर्माण कार्यका निमित्त योजनाहरु पेश गरेका छौं । त्यो चै अब मन्त्रीपरिषदमा पुगे्को अवस्था छ । र हामीले चै कृषिथोक बजार जुन छ, कृषि उपज बजारको अब्यवस्था हटाएर ब्यवस्थित बनाउन लागिपरेका छौ । त्यसलाई चै हामीले कृषिथोक उपज बजारको जमिनलाई चै हामीले नगरपालिकाको नाममा राज्यसँग माग गरको अवस्था छ र त्यो हामीले पाइसकेपछि चै त्यो हाम्रो त्यसैमा टासिएको १ बिगाहा जमिनले गर्दा ४ बिगाहा जमिन हुन्छ र त्यसलाई चै ७ तले महल बनाएर मिटिग हल, बैकहरु बस्ने स्थान, कृषि उपजका सामानहरु बिक्रि गर्ने र जतासुकै छरिएररहेका गाडीहरुको ब्यवस्थित पार्किग गर्ने र बिर्ताबजारको जुन अब्यवस्थित बजार छ यसलाई पनि हामी मल बनाएर तल चै पार्किग र त्यहाँदखि माथी सब्जी बजार, त्यहाँदेखि माथी अरु अरु पसल राखेर ब्यवस्थित गर्ने भनेर हामी लागेका छौ ।

नगरपालिकाको भुगोललाई बिभाजन गरेर केही नयाँ कार्यक्रम सार्वजनिक हुन लागेका छन् भन्ने सुनेका छौं, त्यसको वास्तविकता के हो ?
अहिले हामीले बिर्तामोड नगरपालिकाको वडा नम्बर २ लाई औद्योगिक क्षेत्र भनेर छुट्याएका छौ । र १, ३, ४ र ५ लाई शहरी एरिया भनेर नामाकरण गरेका छौ र यसैगरी ६ नम्बरको केही भाग र ७, ८, ९, १० र २ नम्बरको केही भागलाई कृषिको निमित्त छुट्याएका छौ अनि त्यसै अनुरुपको बिकासका लागि योजना बनाएका छौं ।

तपाँइलाई अर्गानिक मेयर भन्छन्, बिषादीमुक्त अभियान शुरु भएको छ, त्यो कसरी पुरा गर्नुहुन्छ ?
अहिले यो प्रयोग हुँदै गएको बिषादीले हामी सबैलाई प्रभाव पारेको छ । बिषादीबाट मुक्त गर्नका निमित्त ६ वटा वडामा हामीले अहिले अर्गानिक सब्जी खेतीको निमित्त किसानहरुलाई निक्कै ठुलो अनुदान दिएका छौं । र टनेल, ट्याकटर, हाते ट्याक्टर पनि दिएका छौ । मलहरु बनाउन उपकरणहरु दिएका छौ । मल बनाउने ट्याङकीहरु दिएका छौ । गड्यौला मल बनाउन तालिम र औजार दिएका छौ । ति वडा वडामा कृषकलाई भेला गराएर तालिम पनि दिएका छौ । अर्गानिक तरकारी उत्पादन हाम्रो लक्ष्य हो । नेपालमै धेरै क्यान्सरको प्रकोप चै झापा जिल्ला र बिर्तामोड नगरपालिकाका मान्छेमा भेटिएको छ । त्यसमा पनि नजिकै भारत भएको हुनाले पनि भारतबाट धेरै सागसब्जी आउने हुनाले बडी मात्रामा बिषादी प्रयोग हुने सब्जी आयात हुने भएको र यहाँका नगरवासीहरुले चै त्यो बिषादी हालेको साग सब्जी खानेकुरा खानुपर्ने बाध्यता रहेको छ । फर्मालिन हालेको माछा धेरै भन्दा धेरै अस्वस्थ हुने अवस्थाको श्रृजना भएको हुँदा हामीले त्यसलाई पनि मध्यनजर गर्दै ति कुराहरुलाई पनि हामीले बिषादीमुक्त हुनुपर्छ भन्ने ढंगले हामी लागेका छौ । र त्यसमा पनि सबैभन्दा बिकास चै के भने यस नगरभित्र रहेका जतिपनि नगरवासी हुनुहुन्छ उहाँहरुको औषत आयुलाई बडाउने काम, साक्षर बनाउने काम र उहाँहरुको जिवनस्तर उकास्ने काममा चै हामी अहिले तल्लीन भएर लागेका छौं । किनभने हामीहरुको समानताको एउटा नारा छ त्यो समानताको नारालाई पुरा गर्नका निमित्त हामीहरु साक्षरता र जिबनस्तर बृद्धि र औषत आयुलाई बडाउनेकाममा तल्लीन भएर लागेका छौ ।

चालु आर्थिक बर्षको बजेटको अवस्था के छ ?
यो बर्षमा बिनियोजित भएको रकमले अलिकती नपुग्ने जस्तो देखिएको छ । किनभने बर्षाको समय आउन लागेको छ । धेरै चै बर्षाले कच्ची बाटोहरु क्षतबिक्षत बनाउने सम्भावना रहन्छ । जहाँसम्म लाग्छ हाम्रो बजेट चै रहँदैन रहि हाल्यो भने पनि केही रहला । तर हामीले लगभग एक महिना अघि नै ७० प्रतिशत बिनियाृजित रकमलाई हामीले खर्च गरिसकेका छौं । र केही प्रतिशत काम सम्पन्न हुने अवस्थामा छन् । र केही तुरुन्त सम्पन्न हुन लागेको छ ।

अबको बजेटको प्राथमिकता के हो ?
अबको बजेटको प्रथमिकता चै मैले भखैरै यहाँलाई भने, नगरवासीको औषत आयु बृद्धि गर्ने, साक्षरताको अभियान चलाउने र सबै नगरवासीहरुको जिबनस्तरलाई बृद्धि गर्ने । यो कार्यक्रम छ र बिकासका क्षेत्रमा भने बाटा र पुलहरु बनाएर मात्र पनि बिकास नहुने हुन्छ । त्यसले गर्दा खेरी हामीले चौतर्फी रुपमा कृषिमा अनि शिक्षा र स्वास्थ्यमा यि सबै कुराहरुमा सँगै सँगै लिएर जाने प्राथमिकता हुन्छ ।

निर्वाहमुखी कृषिलाई ब्यवसयिक बनाउने बारेको योजनाहरु के के छन् ?
यो चै कस्तो भने अब हामी पुर्ण रुपले सबै वडालाई सहकारी मार्फत लगेर हामी बिचमा बिचौलियाहरुलाई समाप्त गर्न खोजेका छौ । र सबै वडावासीहरुलाई चै त्यो सहकारी अन्तर्गत लगेर उहाँहरु सबैलाई ब्यापारी बनाउने र त्यो पनि होलसेलको ब्यापारी बनाउने अभियान शुरु हुनेछ । सहकारी मार्फत चै उहाँहरुलाई चाहिने बस्तु पनि आफ्नै दोकानबाट लाने र उहाँहरुकोमा उत्पादन भएका सबै बस्तुहरु पनि त्यो सहकारी मार्फत बिक्री गर्ने खालका योजनाहरु हामीले अघि सारेका छौं ।

चुनावअघि गरेका प्रतिबद्धताहरु कति प्रतिशत पुरा भए ? ५ बर्षभित्रमा सम्पुर्ण प्रतिवद्धताहरु पुरा होलान ?
हामीले भनेका सबै कुराहरु पुर्णता हामीले दिनका निमित्त र हामीले हिजो बोलेका कुराहरुलाई पुरा गर्नका निमित्त हामी दत्त चित्त भएर लाग्न प्रतिबद्ध छौ । तर, १०० प्रतिशत पुरा गछौं भनेर अहिले भनिहाल्न सक्ने अवस्था भने छैन । हुनसक्छ हामीले प्रतिबद्धता गरेको कुराहरु भन्दा अलिक बेसी पनि गर्न सकिने अवस्था छ । अहिले हामी जनप्रतिनिधि भएर आइसकेपछि हामीले जुन चै योजनाहरु अघि सारेका थियौ, यो यो काम गर्छौ भनेका थियौ । अहिले ति हामीले गर्नुपर्ने काम भन्दा पनि जटिल काम हरु चै हाम्रा अघि आइ परेका छन् । र ति जटिल कामलाई प्राथमिकताका आधारमा के चै अहिले नितान्त जरुरी छ भन्ने कुराको निर्धारण गर्नुपर्ने रहेछ ।

यो तिनवटै गाविस मिलेर बिर्तामोड नगरपालिका भएको हो । अहिले गएर हेर्दा खेरी धेरै वडाहरु चै तीन चारवटा वडाहरु बर्षातको समयमा नानी केटा केटीहरु स्कुल जान नसक्ने अवस्था रहेको रहेछ । बिरामी भयो भने एम्बुलेन्स घरमा पुग्न नसक्ने, आगलागी भयो भने दमकल पुग्न नसक्ने जस्ता समस्याहरु रहेछन् । ति स्थानहरुलाई अहिले हामीले पहिचान गरेर लगभग ३०,३२ वटा कल्भर्ट र पुलहरु हामीले निर्माण गरिरहेका छौं । र जहाँसम्म लाग्छ यो बर्षातपछि वा केही महिनापछि हाम्रा प्रत्येक नगरवासीका घरमा दमकल र एम्बुलेन्सहरु पुग्न सक्ने अवस्था हामी बनाउँदै छौ । त्यति खेर हामीले बाचा गरेका कुराहरु भन्दा पनि अरु थुप्रै कुराहरु प्राथमिकतामा राखेर गर्नुपर्ने अवस्था हुँदो रहेछ । ति कुराहरु लाई पनि प्राथमिकतामा राखेर काम गरिरहेका छौ ।
कार्यसम्पादनका लागि कर्मचारीहरु अपुग छन् ? नगर प्रहरी गठनको कुनै गृहकार्य शुरु भएको छ ?
कर्मचारीकोे हकमा अझैपनि हामीलाई ४१ जना कर्मचारीहरु कम्ती रहेको अवस्था छ । नगर प्रहरीहरु त बिल्कुलै हुनुहुन्न र र हामीले नगरप्रहरीको आवश्यकता पर्याे भनेर राज्यमा कुरा गरिहेका छौं । त्यहाँ एउटा सम्यन्त्र बनेको छ । एउटा बिशेषज्ञहरुको टोली बनेको छ । शसस्त्र र नेपाल प्रहरीलाई पनि जनताले नटेरिरहेको अवस्था त तपाँइहरुलाई थाह नै छ । लौरो बोकेर हिनेको नगरप्रहरीलाई कसले टेर्ने । त्यसकारण जनपथ प्रहरीबाट चै नगरपालिकाको प्रहरीमा रुपान्तरण गर्ने वा शसस्त्र प्रहरीबाट गर्ने भन्ने कुराको तय भएको छैन । यो कुराको तय भइसकेर तपाँइहरुले चै आफै नै नगर प्रहरीहरु भर्ना गर्नुहोस भन्ने कुराको आदेश आयो भने हामी त्यो सिस्टम अनुसार भर्ना गर्नतिर लाग्छौ ।

बिर्तामोडको मुख्य समस्या के हो ? बिर्तामोडको बिकासमा अवरोध गर्ने कुरा के हो ?
राम्रा भन्ने कुरा बिर्तामोडमा केही छैनन् । यो ३५ बर्ष अगाडी नगरपालिका हुनुपर्ने अहिले भर्खर भएको छ । सबै नगरवासीहरु लालायित र आशावादी हुनुहुन्छ । अब जनप्रतिनिधिहरु आए बिकास हुन्छ भन्ने छ । तर, समस्या कहाँ हुन्छ भने ५ बर्षमा गर्ने काम त हामीले ६ महिनामा गर्न सक्दैनौ । त्यसले गर्दा खेरी सबैजनालाई यो चै होस भनेर उहाँहरुले भन्नु र माग्नुपनि स्वभाविक कुरा हो । तर, हामीले यसलाई चै नि बिस्तारै बिस्तारै भरसक हामीले दत्त चित्तका साथ अगाडी बडेर उहाँहरुको अपेक्षा पुरा गर्ने कोसिस गरिरहेका छौं ।                                                                  प्रस्तुती प्रेम अाचार्य

ताजा अपडेट