धनकुटा/धनकुटा नगरपालिकाले आर्थिक वर्ष ०७४/०७५ मा संचालन गरेको नगरसभाबाट स्वीकृत भौतिकपुर्वाधार तर्फको २ सय ६४ वटा योजनाहरु मध्ये २ सय ११ वटा सम्पन्न भएको योजना शाखाले जनाएको छ । संचालित योजनाहरु कतिपय ठेक्का प्रक्रियाबाट संचालन भएका छन् भने कतिपय उपभोक्ता समिति मार्फत निर्माण कार्य भै रहेको नगरपालिका कार्यालयले जनाएको छ ।

भौतिक पुर्वाधार तर्फ धनकुटा नगरपालिकाले आ.व.०७४/०७५ मा १३ करोड, २२ लाख, ४८ हजार, ६ सय ६७ रुपयाँ विनियोजन गरेको थियो । जस मध्ये भौतिक पुर्वाधार तर्फको धनपा–१० धर्मशाला सल्लेरी हुँदै पात्लेखोला सडक १५ लाख, धनपा–४ सडक कार्यालय देखी पृथ्वीमार्ग हुँदै भोटेचौतारा कागते मार्ग १५ लाख, धनपा–८ स्थित् रिदामा राङ्गलीहाङ्ग रिङ्गरोड १५ लाख, कर्मिटार, खनियावास हुँदै तांखुवाखोला सडक १५ लाख बराबरको सडक योजनाहरुको निर्माण कार्य सम्पन्न भएको धनकुटा नगरपालिका योजना शाखाका प्रमुख इन्जिनियर मिङ्गमा दोर्जे शेर्पाले ब्लाष्टलाई बताएका छन् ।

त्यसैगरी धनकुटा नगरपािलका वडा नं.३ को श्रीमाने गोलाई लाँकुरे सडक १५ लाख, धनपा–७मा पर्ने सितलपाटी गोकुण्डेश्वर खोला सडक १५ लाख, धनपा–७चुवाको वोट ग्रिनपार्कसंगै भगवान वुद्ध र शिवजीको प्रतिमा स्थापना २३ लाख, धनपा–६ विचवजारमा १० लाख वरावरको शिवपार्क तथावालउद्याननिर्माण सम्पन्न, सल्लेरी श्री पञ्चमी नगरपालिका सडक ५० लाख सडक स्तर उन्नती गर्ने कार्य सुदिक्क्षाथुलुङ्ग कन्ट्रक्सनले सम्पन्न गरीसकेको शेर्पाले बताएका छन् । त्यसैगरी हिले खानेपानी बाेरिङ्गको लागी ४०/४० लाख गरी जम्मा ८० लाख रुपैयाँ विनियोजन भएकोमा सो खानेपानी योजनाहरु सम्पन्न भै सकेको छ । हिले खानेपानी उपभोक्ता समितिको आयोजनामा हिले बजारमा खानेपानीको लागी बाेरिङ्ग गर्ने कार्य सम्पन्न भएको हो । साना ठूला गरी २ सय ११ वटा भौतिक पुर्वाधार अन्तर्गतका योजनाहरुको निर्माण कार्य सम्पन्न भै सकेको इन्जिनियर शेर्पाले बताएका छन् ।

शेर्पाले भौतिक पुर्वाधार अन्तर्गत वडा स्तरिय र नगर स्तरिय गरी २ भागमा विभाजन गरेर संचालन गरिएका योजनामध्ये नगर स्तरिय योजनाहरु ५० लाखभन्दा माथिका २० वटा रहेको बताएका छन् । त्यसैगरी बाँकी रहेका २ सय ४४ वटा योजनाभने सो भन्दाकम रकमका वडा स्तरिय योजना रहेको बताईएको छ । निर्माण कार्य सम्पन्नहुनबाँकी रहेको नगर स्तरिय योजनाहरुमा ५० लाख रुपैयाँ लगानीमा निर्माण कार्य भैरहेको सल्लेरी बोरबोटे बाघे खोला सडकको निर्माण कार्य ४० प्रतिशतमात्र सकिएको साईड हेरीरहेका प्राविधिक खगेन्द्र रायमाझीले बताएका छन् । सो सडकको निर्माण कार्य पुजा कन्ट्रक्सन धनकुटाले गरिरहेको छ ।

त्यसैगरी ५० लाख रुपयाँको लगानीमा हिले षडेश्वर मन्दिर देखी भिरगाउँ हुँदै तांखुवा सडकको ८० प्रतिशत काम सकिएको, गुठीटार थानी सडक ५० लाखको लगानीमा निर्माण भैरहेको सडकको प्र्रगती पनि ८० प्रतिशत सकिएको सव ओभर सिएर एवं साईड इन्चार्ज विष्णु पोदारले ब्लाष्टलाई बताएका छन् । बिहिबारे हटिया मालवाँसे भिरगाउँ सडक स्तर उन्नती गर्ने कार्यको कामभने ५० प्रतिशतमात्र सकिएको छ भने धनपा–८ चुलिवन भ्यूटावर ५० लाख रुपयाँको लगानीमा सुदिक्क्षाथुलुङ्ग कन्ट्रक्सन धनकुटाले निर्माण कार्य गरिहेको छ । चुलीवन भ्युटावरको निर्माण कार्य भरखरै मात्र शुरु भएको छ भने धनपा–७ स्थित् वसपार्कको स्तर उन्नतीगर्ने निर्माणका कार्य भने ५० प्रतिशत मात्र काम सकिएको धनकुटा नगरपालिकाका इन्जिनियर मिङ्गमा दोर्जे शेर्पाले बताएका छन् । बसपार्क स्तर उन्नतीको निर्माण कार्य ९० लाख रुपयाँको लगानीमा सल्टर कन्ट्रक्सन तेह्रथुमले गरिरहेको छ ।

त्यसैगरी धनपा–२ भिरगाउँदुग्ध सहकारी देखी वडा कार्यालयसम्म पुग्ने १५ लाख रुपैयाँ विनियोजना भएको सडक स्तर उन्नती गर्ने कार्य ८० प्रतिशतमात्र काम सकिएको साईड इन्चार्ज विष्णु पोद्दारले बताएका छन् । धनपा–१ को हिले चौकी हुँदै ओक्मालुङ्ग सडक ४० लाख बराबरको सडक स्तर उन्नती गर्ने कार्य ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । त्यसैगरी धनपा–१ हिले स्थित् रत्न रिङ्गरोड हुँदै जौटार पर्यटकिय सडक १५ लाखको लगानीमा निर्माण कार्य सम्पन्न भैसकेको छ । उता वडा नं.६ को माथिल्लो खाल्डे पिपलडाँडा जुकेपानी सडक वाल, कचवए र ४ सय मिटर नयाँ ट्रयाक खोल्ने कार्य भैरहेको र हालसम्म ६० प्रतिशतनिर्माण सकिएको साईड इन्चार्ज सव–ओभरसियर खगेन्द्र रायमाझीले बताएका छन् ।

उता धनकुटा नगरपालिका वडा नं.९ मा २५ लाख रुपयाँको लगानी महाङ खानेपानी योजनाको निर्माण कार्य ७५ प्रतिशत मात्र सकिएको छ भने सोही वडाको रुद्रवारी सुकेआहाल सडक मर्मत कार्य १५ लाखको योजना ५० प्रतिशतमात्र सम्पन्न भएको छ । साथै, २५ लाख रुपैयाँ लगानीमा नगर स्तरिय योजना अन्तरगतको च्याङ्गच्याङ्गबारी देखि महाङसम्म जाने ग्रामिण सडकको स्तर उन्नती तथा मोड सुधार लगायतको निर्माणकार्य ७० प्रतिशतमात्र सकिएको बताइएको छ । धनपा–५ तल्लो टुडिखेल खेल मैदान र स्टेज निर्माणको लागी २८ लाख रुपैयाँको लगानीमा योजना संचालन भैरहेको र ३० प्रतिशत मात्र काम सम्पन्न भएको इन्जिनियर मिङ्गमा दोर्जे शेर्पाले बताएका छन् । अधिकांश वडा स्तरका साना/सानादर्जनौं योजनाहरु सम्पन्न भै सकेको र नगर स्तरका ५० लाख भन्दा माथिका ठूला योजनाहरुको निर्माण कार्य भने २० देखी ४० प्रतिशत सम्पन्न हुन बाँकी रहेको शेर्पाले बताएका छन् । बाँकी नगर स्तरका ठुला योजनाहरु पनिअसार १५ भित्रमा सम्पन्न भै सक्ने इन्जिनियर शेर्पाले बताएका छन् । जन प्रतिनिधिहरुले वडा तहसम्म आएर योजनाहरु सञ्चालनगर्दा कतिपय स्थानमा सरोकारवालाहरुसँग आवश्यक समन्वय नगरेको नगरबासीहरुले गुनासो गरेका छन् । उनीहरुले जनप्रतिनिधिहरुले आफु अनुकुल उपभोक्ता समिति बनाएर विकास निर्माणको काम गर्ने गरेको उनीहरुको भनाई छ ।

धनकुटा नरपालिका वडा नं.७ स्थित यलम्बर चोक देखी आनन्द सन्तोषी राईको घरसम्म जाने बाटोको टेक्चानिर्माण गर्ने कार्यमा जनप्रतिनिधिहरुले आफूलाई जानकारी नै नगराएको गुनासो उपभोक्ता हर्कनारायण कुलुङ्ग राईले गुनासो गरेका छन् । उनले भने “मेरै घरको बलिसीबाट जाने बाटोमा काम हुँदा पनिआफुलाई कसैले खबर नगरेकोले दुःख लागेको छ ।” काम सानै भए पनि उपभोक्तालाई त जसरी भए पनि थाहा दिनु पथ्र्यो तर दिएन्न, बरु उपभोक्ता नभएका टाडाका मान्छे राखेर काम गरकोे भन्दै हर्कनारायणले ब्लाष्टलाई गुनासो गरे । त्यसो त वडा नं.७ का पुर्व जन प्रतिनिधि एवं यातयात व्याबसायी थामबहादुर आठपहरियाले टोलको विकास त भैरहेको छ, तर चित्तवुझेन भनेर बोल्नु मिल्दैन भन्दै गुनासो पोखेका छन् । उनले योजनाको कतिपय काम चित्त बुझ्दो नहुँदा सम्बन्धित व्याक्तिलाई गुनासो गर्दा पनि सुनुवाई नभएको गुनासो गरेका छन् ।

उता धनकुटा नगरपालिका वडा नं.१ का होटल एशोसिएशन धनकुटाका अध्यक्ष एवं हिले पर्यटन विकास समितिका अध्यक्ष खगेन्द्र विष्टले पहिले कर्मचारीले नगरपालिका चलाउँदा त हामीलाई पनि बाेलाउँथे तर जन प्रतिनिधिआए पछि त बाेलाउँदैन्न, कहाँ के हुँदै पत्तानपाईने बताए । उनले हिलेमा १५ लाख बराबरको रत्नरिङ्गरोड जौटार पर्यटन सडकको काम भएछ तर आफुले थाहा पत्तै नपाएको गुनासो गरे । यता धनकुटा नगरपालिका वडा नं.७चुवाको बाेट ग्रिनपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीश्रेष्ठले जनप्रतिनिधहरुसँग काम गर्न सहज भएको बताएका छन् । श्रेष्ठले पहिले कर्मचारीले नगरपालिकाचलाउँदा र जनप्रतिनिधिहरुले संचालनगर्दा आकास पत्तालको फरक परेको प्रतिक्रियादिए ।

उता वडा नं.१० का स्थानिय उपभोक्ता भुवलाल लामाले जनप्रतिनिधिहरुले काम त गर्दैछन् तर कतिको बजेट हो, योजना संचालनगर्न जिम्मेबार व्यक्ति को को हुन् केहीपत्तो नहुने बताए । स्थानिय जनप्रतिनिधहरुलाई सोध्दा पनि थाहा नपाए जस्तो गर्ने गरेको लामाले गुनासो गरेका छन् । उनले जनप्रतिनिधिहरुले काम गर्दा कसैलाई काख, कसैलाई पाखा नगरी काम गर्दा राम्रो हुने सुझाब दिएका छन् ।

आ.व.०७४/०७५ माअन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत स्थानिय संचित कोष अन्तर्गत धनकुटा नगरपालिकालाई ३७ करोड, १९ लाख, ५९ हजार निकासा भएको प्रमुख कोष तथा लेखा नियन्त्रक नरेशराज खरेलले बताएका छन् । जस अन्तर्गत वित्तिय समानिकरण अनुदान १९ करोड, ६६ लाख, ५१ हजार, शसर्त अनुदान १७ करोड, ५३ लाख, ८ हजार र र सामाजिक सुरक्षा जेष्ठ नागरिक कल्याण कोष कार्यक्रम अन्तर्गत पहिलो र दोश्रो किस्तागरि २ करोड, ७८ लाख, ६ हजार निकासा भएको धनकुटा नगरपालिका लेखा शाखाले जनाएको छ ।