इटहरी/ एक नम्बर प्रदेशको भारतको सिमा क्षेत्र जोगवनी देखि विराटनगर हुदै तरहरा सम्म मोनोरेल सञ्चालनमा ल्याईने भएसँगै इटहरी उममहानगरपालिकाले मोनो रेल चलाउँने अनु्मती दिएको छ । विराटनगरको जोगवनी नाका देखि इटहरीको तरहरा सम्म मोनो रेल चलाउने अनुमती मागे सँगै स्थानीय निकायले मानोे रेल चलाउने अनुमती दिएको हो ।

[caption id="attachment_82804" align="alignleft" width="480"] इटहरी उपमहानगरपालिकाबाट मोनो रेल सञ्चालनको लागी अनुमती लिदै कम्पनीका पदाधिकारी
तस्विर: धनबहादुर पुरी[/caption]

बुधबार इटहरी उपमहानगरपालिकाले इटहरी उपमहानगरपालिका भित्र मोनो रेल चलाउने अनुमति दिएको हो । यस अघि नै विराटनगर महानगरपालिका, दुहवी नगरपालिका र गाउपालिकाले मोनो रेल चलाउने अनुमती दिईसकेको मोनो रेल इन्टरनेशनल प्रालीका निर्देशक कोवितजङ्ग कार्कीले बताए । हाम्रो काम तिब्र गतिमा सुरु भईरहेको छ उनले थपे ।

जोगवनी,विराटनगर,दुहवी इटहरी हुदै तरहरा सम्म यात्रुहरु बाेक्ने र अर्को चरणमा भने बिराटचौकदेखि झापा–इलाम सम्म, इटहरीदेखि कोशी ब्यारेज सम्म मनो रेल चलाउने योजना रहेको अनुसार सम्पूर्ण कार्यहरु तिव्र गतिमा अगाडी बढाईएको भन्दै कार्कीले भने हामीले स्थानीय निकायसँग सहकार्य गरी अनुमती पनि लिईसकेको छौ । उनका अनुसार ३ वर्ष भित्र मानो रेल सञ्चालनमा ल्याईने छ ।  लामो दुरी पनि छोटै समयमा यात्रा गर्न सकिने मोनो रेलले ३५ किलोमिटरको दुरी १० देखि १५ मिनेटमा यात्रा गर्ने पर्यटनको विकास गर्ने योजनाका साथ काम अगाडी बढाईएको कम्पनीका अध्यक्ष परमानन्द मेहताले बताए। उनले भने करीब ७ अर्बको लगानीमा मोनो रेल सञ्चालन गर्ने तयारी गरेको बताए । शहरी क्षेत्रमा कहाँ-कहाँ स्टेशन राख्ने भन्ने विषयमा समेत स्थानीय निकायका जनप्रतिनिधिहरु सँग कुरा भईरहेको उनको भनाई थियो ।

भारतको मुम्बई, गुडगाँउ, चेन्नाइ, समेत सिँगापुर, हङ्गकङ्ग, जपान, कोलालमपुर लगायतका शहरहरुमा सस्तो र आरामदायी सवारी साधनको रुपमा मनोरेल निकै लोकप्रिय मानिन्छ । कम्पनीका अध्यक्ष अनुसार मनोरेल वातावरण मैतत्री पनि हुने भएको र पर्यटनको दृष्टिले पनि यो निकै आकर्षक सवारी साधनको रुपमा हुनेछ । ’ मोनोरेल बिजुलीबाट चल्छ । यो बस भन्दा केही ठूलो र डिब्बा जोडिएको हुन्छ । जमिनबाट उठाइएको बिमको सहारामा एउटै ट्रयाकमा यो रेल गुड्छ । एउटै ट्रयाकमा गुड्ने भएकाले मोनो भनिएको हो । मोनो रेल कुदाउन ठाउँ-ठाउँमा पिलर गाडेर ट्रयाकलाई जोडिन्छ । मोनो रेलको पांग्राले ट्रयाकलाई दुवैतिरबाट समाउँछ । मोनोरेल बिजुलीबाट चल्छ । एकोहोरो ट्रयाक भएको भुइ भन्दा माथि लिक बनाएर हिड्ने यातायातको साधन मोनोरेल हो ।